काठमाडौं, १३ माघ । रास्वपाका सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि भर्ना हुनु भएको छ । लामिछानेका स्वकिय सचिव अविनाश आचार्यले लामिछानेको देब्रे खुट्टामा लागेको चोटको संक्रमण छालाको भित्री तहसम्म फैलिएकोले चिकित्सकको सल्लाहअनुसार नै निगरानीमा बस्नुपरेकोले महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।
सभापति लामिछाने अस्पताल भनाई भएको कुरा आचार्यले फेसबुकमार्फत जानकारी गराउनु भएको छ । यो उपचारबाट घर फर्किएपछि मात्रै लामिछाने पुनः राजनीतिक तथा सांगठानिक अभियानमा फर्किने पनि उहाँले जानकारी गराउनु भएको छ । तर, अहिले उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिन पनि सबैलाई उहाँको अनुरोध छ ।
Leave a Response