लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रविधिमैत्री ग्राहकहरूलाई लक्षित गर्दै नेपालगन्जको धम्बोझीमा अत्याधुनिक 'एप्पल स्टोर' सञ्चालनमा आएको छ। कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा यो स्टोर सञ्चालनमा ल्याएको हो।
बिहीबार आयोजित एक कार्यक्रमका बीच स्टोरको औपचारिक उद्घाटन गरिएको हो। उक्त अवसरमा बोल्दै प्रबन्ध निर्देशक ऋषि कँडेलले बुटवलदेखि पश्चिम क्षेत्रकै यो पहिलो सुविधासम्पन्न एप्पल स्टोर भएको दाबी गर्नुभयो। स्टोर सञ्चालनमा आएसँगै एप्पलका गुणस्तरीय उत्पादन र सेवाका लागि काठमाडौँ वा भारतीय बजारसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो।
पूर्ण रेन्जका उत्पादन र भरपर्दो सेवा
स्टोरमा एप्पल कम्पनीद्वारा उत्पादित आइफोन, आइप्याड, म्याकबुक, एप्पल वाच र एयरपड्सका सबै सिरिजहरू उपलब्ध हुनेछन्। यसका साथै एप्पलका सम्पूर्ण सक्कली एक्सेसरिजहरू र दक्ष प्राविधिकहरूबाट मर्मतसम्भारको सुविधासमेत प्रदान गरिने कँडेलले जानकारी दिनुभयो।
आधुनिक ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै स्टोरले अनलाइन बुकिङ, किस्ताबन्दी (EMI) र निःशुल्क होम डेलिभरीको व्यवस्थासमेत मिलाएको छ।
आकर्षक उद्घाटन अफर
स्टोरले उद्घाटनको अवसर पारेर विशेष छुट योजना सार्वजनिक गरेको छ। जसमा:
आइफोन बुकिङ गर्ने पहिलो ११ जना ग्राहकलाई एप्पल एयरपड्समा ४० देखि ६० प्रतिशतसम्म विशेष छुट।
एक हप्तासम्म पुरानो मोबाइल सेट लिएर आउने १,००० जना ग्राहकलाई निःशुल्क स्क्रिन गार्डको सुविधा।
पश्चिम नेपालको डिजिटल बजारमा नयाँ आयाम थप्ने लक्ष्य राखेको यस स्टोरले ग्राहकको सुविधा र विश्वासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Leave a Response