नेपालगन्ज । पूर्वमन्त्री एवं जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गर्नु भएको छ। उहाँ गएराति एमाले प्रवेश गर्नु भएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिएर पार्टीमा स्वागत गरेको एमालेका युवा नेता रविन्द्र लम्सालले जानकारी दिनुभयो।

उहाँ पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारी गर्नु भएको छ।

यसैगरी, जसपाकै अर्का नेता इश्तियाक राई पनि नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नु भएको छ। पूर्व मन्त्री समेत रहेका प्रभावशाली नेता राईलाई एमालेले बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको हो।