नेपालगन्ज (बाँके), ६ मङ्सिर । नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा ‘यशोदाज फुटसल’ सञ्चालनमा आएको छ । विगतमा स्केट र आर्चरीलगायत खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बगेश्वरी बिजनेस पार्कअन्तर्गत उक्त फुटसल ग्राउण्ड सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्जमा ‘यशोदाज फुत्सल’ सञ्चालनमा

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओली र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जका अध्यक्ष मानबहादुर थापाले आज यहाँ आयोजित एक समारोहबीच संयुक्तरूपमा रिबन काटेर उक्त फुटसल ग्राउण्डको उद्घाटन गर्नुभयो ।

नेपालगन्जमा ‘यशोदाज फुत्सल’ सञ्चालनमा

उद्घाटनका अवसरमा आज स्थानीय शिक्षक र पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटसल खेलसमेत आयोजना गरिएको थियो ।

नेपालगन्जमा ‘यशोदाज फुत्सल’ सञ्चालनमा

व्यस्त दैनिकीका बीच सबै उमेर समूहका नागरिकलाई शारीरिक व्यायाम, स्वास्थ्य लाभ तथा मानसिक ताजापन प्रदान गर्ने उद्देश्यले फुटसल सञ्चालनमा ल्याइएको सञ्चालक जनक डिसी र यशोदा डिसीले जानकारी दिनुभयो ।

नेपालगन्जमा ‘यशोदाज फुत्सल’ सञ्चालनमा

गुणस्तरीय टर्फ, पर्याप्त प्रकाश व्यवस्था र सुरक्षित वातावरणसहित तयार पारिएको ग्राउण्डमा बिहानदेखि बेलुकासम्म नियमित अभ्यास तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि अग्रिम बुकिङ खुला गरिएको सञ्चालक जनक डिसीले बताउनुभयो ।