Home top

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारसँग पूर्वराज्यमन्त्री यादव
Home top, बाँके, राजनीति, समाचार

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारसँग पूर्वराज्यमन्त्री यादव

–हाम्रो समाचार– नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवले बाँकेको नरैनापुरमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई आवश्यक सहयोग गर्ने बताउनुभएको छ । नरैनापुर गाउँपालिका ५ स्थित मृतकको घरमा पुगेर परिवारसँग भेटघाट गरी उहाँले जीवनयापनको लागि दीर्घकालिन सहयोगको लागि आफुले प्रयास गरिरहेको बताउनुभयो । कमाई गर्ने व्यक्तिको कोरोनाबाट ज्यान गएपछि अहिले परिवारको दैनिक जिविकोपार्जनमा कठिनाई भईरहेको स्थानीय अगुवा केशवराम यादवले बताउनुभयो । भूमि आयोगका केन्द्रीय सदस्य समेत रहनुभएका नेता यादवले शुक्रवार बाँकेको कोरोना अतिप्रभावित नरैनापुर गाउँपालिका क्षेत्रमा रहेका क्वारेन्टिन र विद्युतीकरणको अनुगमन समेत गर्नुभएको छ । उक्त क्रममा उहाँले कोरोना भाइरस जो सुकै व्यक्तिलाई पनि सर्न सक्ने भएकोले सङ्क्रमित भएका र निको भए...
छोराको जन्मदिनमा डा. शाहद्वारा अपाङ्गलाई आवास निर्माणमा सहयोग
Home top, बाँके, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य

छोराको जन्मदिनमा डा. शाहद्वारा अपाङ्गलाई आवास निर्माणमा सहयोग

–चन्द्र बोहरा–नेपालगञ्ज । नेपालगञ्जस्थित एच.सी.आर.सी. अस्पताल तथा कप्तान कृषि फर्मका अध्यक्ष डा.कुमारशान शाहले आफ्नो छोरोको जन्मदिनका अवसरमा तीन जना अति बिपन्न दलित तथा पूर्ण शारीरिक अपाङ्ग व्यक्तिलाई आवास निर्माणमा सहयोग गर्नुभएको छ । नेपालञ्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्कीको अनुरोधमा गायत्रीनगर नयाँवस्तीमा बसोबास गर्ने सुकुम्वासी अति बिपन्न दलित तथा पूर्ण शारीरिक अपाङ्गता रहेका गलसाकुमारी कामी, मानकुमारी नेपाली र रामसिला कामीलाई आवास निर्माणमा सहयोगको लागि २५ हजारका दरले ७५ हजार रुपैया डा. शाहले आज एक समारोहका बीच प्रदान गर्नुभएको हो । छोरा शोर्णजङ्ग शाहको जन्मदिनको अवसर पारेर स्थानीय गाउँको बिपत्तीमा अस्पताल र कृषि फार्मको तर्फबाट सहयोग गर्ने मौका पाएकोमा खुशी लागेको बताउँदै उहाँले भन्नुभयो, कोहि ठुलोबडो भन्ने नसोच्नु होस, यस ठाऊमा बस्ने हामी सबै एक हौ पर...
बाँकेको जानकीमा पनि देखियो कोरोना
Home top, बाँके, समाचार

बाँकेको जानकीमा पनि देखियो कोरोना

–हाम्रो समाचार–नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक ४० जना कोरोना सङ्क्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा जानकी गाउँपालिका वडा नं. १ का ४० जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमितहरु सबै १५ देखि ३२ वर्षीय युवा रहेका छन् ।बाँकेमा आजै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ र १५ मा एक–एक जना गरी दुईजना सङ्क्रमित थपिएका छन् । यो सहित बाँकेमा सङ्क्रमितको सङ्ख्या दुई सय ५५ पुगेको छ । गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणको क्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा,बैजनाथ हुँदै जानकी गाउँपालिकासम्म फैलिन पुगेको छ । ...
बाँकेमा सङ्क्रमितको सङ्ख्या १९६ पुग्यो
Home top, बाँके, शिक्षा, समाचार, स्वास्थ्य

बाँकेमा सङ्क्रमितको सङ्ख्या १९६ पुग्यो

–हाम्रो समाचार–नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा आज थप सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको पीसीआर प्रयोगशालामा गरिएक परीक्षणमा डुडुवा गाउँपालिका वडा नं. २ का १८,२६, ३५ बर्षीय, वडा नं. ३ का १७, १९, २६, बर्षीय र वडा नं. ४ का १८ बर्षीय गरी ७ जना मा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, डुडुवा गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । यो सँगै बाँके जिल्लाको सङ्क्रमित सङख्या १९६ पुगेको छ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा आज मुलुकभर थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरूष २१३ र महिला १३ सङ्क...
बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाईते
Home top, बाँके, समाचार

बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाईते

–हाम्रो समाचार–नेपालगन्ज । भारतबाट फर्किएका नागरिकलाई घर पु¥याउँदै गरेको हायस मिनीबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा रोकिराखेको टङकसँग ठोक्किदा १२ जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस मिनिबस रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गएराती करिब १२ बजे ठोक्किएको थियो । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । राप्तीसोनारी गाउँपालिका –२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते हुनुभएको छ । बसमा ३३ जना सवार रहनुभएको प्रहरीले जनाएको छ । घाइतेहरुको भेरी अस्पतालमा उपचार भैरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भैरहेको छ । ...
लकडाउन जेठ ३२ सम्म लम्बियो, असार १६ सम्म विमानस्थल बन्द
Home top, अर्थबजार, राजनीति, समाचार

लकडाउन जेठ ३२ सम्म लम्बियो, असार १६ सम्म विमानस्थल बन्द

–हाम्रो समाचार– काठमाडौं । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान र सिमा नाका असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ । पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले लकडाउन लम्बाउने निर्णय गरेको हो । बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई प्राथमिकताका आधारमा ल्याउने कार्ययोजना पनि स्वीकृत गरेको छ । विदेशमा अलपत्र रहेका नेपालीले उनीहरु रहेको देशस्थित नेपाली दुतावासमा नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि उद्दार गरेर ल्याइएकाहरूलाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र आ–आफ्नो जिल्ला पठाउने योजना रहेको छ । ...
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
Home top, शिक्षा, समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

–हाम्रो समाचार– नेपालगन्ज । दैलेखको बिद्युत प्राधिकारण क्वारेन्टाइनमा मृत्यु भएका एकजनामा कोरोना पोजिटिभ देखिएको छ । दैलेखमा मृत्यु भएको एकजना सहित नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको विहान मृत्यु भएपनि दिउँसो मात्र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका ११ का बासिन्दा हुन् । ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । ...
सङक्रमितको सङ्ख्या १४०१ पुग्यो
Home top, बाँके, समाचार, स्वास्थ्य

सङक्रमितको सङ्ख्या १४०१ पुग्यो

–हाम्रो समाचार–नेपालगन्ज। नेपालमा कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढेर १४०१ पुगेको छ । शनिवार १८९ जना थपिएसँगै देशभर सङ्क्रमितको सङख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शनिवार भेटिएका १८९ जना सङक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेको प्रवक्ता देवकोटले बताउनुभयो । बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने १८१ जना सङ्क्रमित रहेका छन् । ...
बाँकेमा डुडुवाका १० जना सङ्क्रमित थपिए
Home top, बाँके, समाचार

बाँकेमा डुडुवाका १० जना सङ्क्रमित थपिए

हाम्रो समाचारनेपालगन्ज, जेठ १६ । बाँकेमा आज फेरि १० जना सङ्क्रमित थपिएका छन् । यो सँगै बाँकेमा सङ्क्रमितको सङ्ख्या १८१ पुगेको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा डुडुवा गाउँपालिकाका १७ देखि ४१ वर्षका १० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेमा हालसम्म सङ्क्रमितको सङ्ख्या १ सय ८१ पुगेको छ । यी मध्ये २७ जना निको भएर घर फर्केका छन् । आजमात्रै नरैनापुरका तीनजना दाङ स्थित आइसोलेशन अस्पतालमा निको भएर घर फर्किदैछन । नरैनापुरमा एक जनाको भने मृत्यु भइसकेको छ । देशभर आज थप १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमित १ हजार २ सय १२ पुगेका छन् । २ सय ६ जना निको भएर घर फर्कंदा ६ जनाको मृत्युु भइसकेको छ । ...