-हाम्रो समाचार- नेपालगन्ज । हिरासत कक्षमा रहेका एकजना थुनुवामा कोरोना पुष्टि भएपछि बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालय सिल गरिएको छ । कार्यालयभित्रका आन्तरिक गतिविधिहरु सञ्चालन भएपनि अन्य काम कारवाही बन्द गरिएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार, इलाका प्रहरी कार्यालय मातहतका सम्पूर्ण कर्मचारी तथा […]

-हाम्रो समाचार- नेपालगन्ज । बाँकेमा समुदायस्तरमै कोरोना देखिएपछि जारी भएको निषेधाज्ञा चार दिन थप भएको छ । समुदायस्तरमा कोरोना देखिएकाले जिल्लास्तरीय कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट थप चार दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । तीन दिने निषेधाज्ञा नसकिदै आज नै चार दिन थप गरिएको हो […]

-चन्द्र बोहरा– नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का कम्प्युटर अपरेटर पदम कार्कीले आफु सङ्क्रमित भएकोमा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्नु भएको छ ।“जनताको काम गर्दा गर्दै मलाई कोरोना सङ्क्रमण भएपनि पीर छैन म स्वस्थनै छु पीर त मेरा जनताको स्वास्थ्यको छ कसैलाई पनि केहि नहोस् […]

हाम्रो समाचारनेपालगन्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करको छतमा बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु […]

‘धेरै पटक हामीले ट्याङ्कर एक छेउमा मात्र रोक्न लगाउन अनुरोध गर्‍यौँ तर, हाम्रो कुराको सुनुवाई भएको छैन’ बुढाथोकीले भन्नुभयो,‘दुवैतर्फ रोक्दा सामान्य घटना त घटिरहेका छन् कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्छ त्यसको जिम्मेवारी कस्ले लिने ?’ नेपालगन्ज–नेपालगन्ज उपमहानगर पालिका वडा नं. २० को राँझा एयरपोर्टको अति सम्वेदनशिल सडकमा अव्यवस्थित तरिकाले ट्याङ्कर […]

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको भाटभटेनी सुपर स्टोरको फोहरमैला वडा नं. २० को डुडुवा नालामा विसर्जन गर्न लैजानेक्रममा बुधवार नियन्त्रणमा लिईएको छ । फोहर विसर्जनको जिम्मा लिएको सिर्जनसिल बङ्गुर पालन फर्मका सञ्चालक छविलाल भण्डारीले भे १ ह १५३३ र भे १ ह १२८८ नं. को दुई थान रिक्शामा […]

नेपालगन्ज– बाँकेमा कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । कोरोना संक्रमणको दर ओरालो लागेको बाँकेमा लकडाउन खुलेसँगै कोरोना संक्रमित भेटिने क्रम बढेको हो । सेवाग्राही तथा स्थानियको बढि चहल पहल हुने सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमणको दर बढ्नसक्ने अनुमान गरीएको छ । शनिबार र आईतबार बाँकेका सबैभन्दा […]

–हाम्रो समाचार–नेपालगन्ज । ९६ हजार ३ सय घुससहित घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग ठेक्काको लाईसेन्स बनाईदिने बाहनामा घुस लिने क्रममा ओलीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । घटनास्थलको […]

–चन्द्र बोहरा– नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले आज वडा भेला गरेको छ । वडा भेलामा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा योजना छनौट सहितका छलफलहरु भएको वडाध्यक्ष जुम्मन खाँले जानकारी दिनुभयो । करिव ६५ लाखको बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष जुम्मन […]

–चन्द्र बोहरा– नेपालगन्ज, १९ असार । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थित जय जनता माध्यमिक विद्यालयले टोल पढाई कार्यक्रम सञ्चालन गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि जारी बन्दाबन्दीका कारण विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेपछि टोल–टोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले जानकारी दिनुभयो । […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »