खेलकुद

खेलकुद

इटालियन सिरी ए जुन २० देखि फेरि सञ्चालन हुने

१६ जेठ, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ । इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन् । कोरोना भाइरस महामारीङ्का कारण ९ मार्च देखि सिरी ए का खेलहरु स्थगित छन् । लिगमा अझै १२ चरणका खेल बाँकी छ । सिरी एका क्लबका खेलाडीहरुले यसै महिनाको सुरुवातमा खेलाडी व्यक्तिगत प्रशिक्षण शुरु गरिसकेका छन् । यसै हप्तादेखि सामूहिक प्रशिक्षण शुरु हुनेछ । २० मे मा इटालीको फुटबल महासंघले २० अगष्टमा सिरी ए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो । महासंघले शीर्ष तीन वटा डिभिजनको लिग सक्ने लक्ष्यसहित सुरु गर्ने र पुन: सुरु गर्ने वा बन्द गर्ने अवस्थामा प्ले अफको समेत विकल्प तयार गरिएको बताएको छ । सिरी ए को पुछारको क्लब ब्रेस्कियाका ...