Author: हाम्रो समाचार

दोहोरो असुरक्षा झेल्दै “सीमा रक्षक”नयाँगाउँवासी
Home top, बाँके, समाचार

दोहोरो असुरक्षा झेल्दै “सीमा रक्षक”नयाँगाउँवासी

-हाम्रो समाचार- नेपालगन्ज (रासस) । सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित नयाँगाउँवासी दोहोरो असुरक्षा झेल्न बाध्य भएका छन् । प्रदेशसभा सदस्य आइपी खरेलको नेतृत्वमा नयाँगाउँको पछिल्लो अवस्था अध्ययनको लागि नेपालगञ्जबाट पुगेको टोलीसँग भारतीय पक्षबाट हुनेगरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करी गर्नेहरुबाट दिनहुँ असुरक्षित बन्दै गएको स्थानीयले बताएका हुन् । भारतीय सीमासँग जोडिएको नयाँगाउँ पुग्न राप्तीसोनारी गाउँपालिका वडा नं. ४ वडा कार्यालयबाट मोटरसाइकलमा ४ देखि ५ घण्टाको समय लाग्ने गर्दछ । करिव एक दशक अघि अस्तित्वमा आएको सो गाउँमा प्रहरी प्रशासन र सरकारी निकायको नियमित उपस्थिति हुननसकेका कारण आफुहरु असुरक्षित हुँदै गएको नयाँगाउँ खयरभट्टीका बलबहादुर बुढाथोकीले बताउनुभयो । “भारतीयहरुले सीमा मिच्दै आउन थालेका छन् । सीमा कहाँ ...
पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशन र लियो नेपालगन्ज इनोभेटिभद्वारा हेल्थ किट वितरण
Home top, बाँके, समाचार, स्वास्थ्य

पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशन र लियो नेपालगन्ज इनोभेटिभद्वारा हेल्थ किट वितरण

हाम्रो समाचार नेपालगन्ज। पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनको आयोजना र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको सहकार्यमा बुधबार बाँके जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको खाशकुष्मा स्वास्थ्य चौकीमा वडा सदस्य रुद्रमणी ढकाल , बैजनाथ गाउँपालिका वडा नम्बर ३ अन्तरगत रहेको नौबस्ता स्वास्थ्य चौकीमा वडा अध्यक्ष रामशरण थारु र कोहलपुर नगरपालिका वडा नम्बर ४ अन्तरगत रहेको रझेना स्वास्थ्य चौकीमा वडा सदस्य सुरज जागाको उपस्थितीमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो। वितरण गरिएको सामाग्रीमा प्रती स्वास्थ्य चौकी २०० थान सर्जिकल मास्क, ५० थान के .एन ९५, ५ थान स्यानिटाइजर, १ थान पिपि सेट र ४०० थान ग्लबस् रहेको थियो । लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमम...
नेपालगञ्जमा स्वाब संकलन गर्ने भिटिएम किटको अभाव
Home top, बाँके, समाचार

नेपालगञ्जमा स्वाब संकलन गर्ने भिटिएम किटको अभाव

-हाम्रो समाचार- नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ । स्वास्थ्य कार्यालयबाट पर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । उप–महानगरपालिकाले वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुईसय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलबार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० मात्रै भिटिएम उपलब्ध भएको थियो । उपमहानगरपालिकाले १२० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जनाएको छ । मंगलबार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १९८ जनाको...
थुनुवामा कोरोना पुष्टि भएपछि कोहलपुर इलाका प्रहरी कार्यालय सिल
Home top, बाँके, समाचार

थुनुवामा कोरोना पुष्टि भएपछि कोहलपुर इलाका प्रहरी कार्यालय सिल

-हाम्रो समाचार- नेपालगन्ज । हिरासत कक्षमा रहेका एकजना थुनुवामा कोरोना पुष्टि भएपछि बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालय सिल गरिएको छ । कार्यालयभित्रका आन्तरिक गतिविधिहरु सञ्चालन भएपनि अन्य काम कारवाही बन्द गरिएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार, इलाका प्रहरी कार्यालय मातहतका सम्पूर्ण कर्मचारी तथा प्रहरीहरुलाई जनसम्पर्कबाट बाहिर गरिएको छ । कालागि जिल्लाबाट प्रहरीको एक टोलीलाई कोहलपुर झिकाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी तथा थुनुवाहरुको स्वाब परीक्षण नभएसम्मका लागि कार्यालय भित्र जान र बाहिर आउन पूर्णरुपमा बन्द गरिएको छ । भोलीसम्म इलाका प्रहरी कार्यालय कोहलपुरका सबै प्रहरी, कर्मचारी तथा थुनुवाहरुको स्वाव सङ्कलन गर्ने तयारी भएको छ । ...
बाँकेमा चार दिन थपियो निषेधाज्ञा
Home top, बाँके, समाचार, स्वास्थ्य

बाँकेमा चार दिन थपियो निषेधाज्ञा

-हाम्रो समाचार- नेपालगन्ज । बाँकेमा समुदायस्तरमै कोरोना देखिएपछि जारी भएको निषेधाज्ञा चार दिन थप भएको छ । समुदायस्तरमा कोरोना देखिएकाले जिल्लास्तरीय कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट थप चार दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । तीन दिने निषेधाज्ञा नसकिदै आज नै चार दिन थप गरिएको हो । आज थपिएको निषेधाज्ञा शनिबार रातीसम्म जारी रहने छ । ५ दिनमा ६२ जना कोरोना सङ्क्रमित थपिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउदै आएको थियो । कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न हाललाई चार दिन निषेधाज्ञा थप गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले अत्यावश्यकीय काम वाहेक घर बाहिर ननिस्किन आग्रह गर्नुभयो । प्रशासनको आग्रहलाई अटेरी गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाईएमा कानून वमोजिम कार्वाही हुने छ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य...
कार्की भन्छन्ःजनताको काम गर्दा सङ्क्रमित भए पनि पीर छैन
Home top, बाँके, समाचार, स्वास्थ्य

कार्की भन्छन्ःजनताको काम गर्दा सङ्क्रमित भए पनि पीर छैन

-चन्द्र बोहरा- नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का कम्प्युटर अपरेटर पदम कार्कीले आफु सङ्क्रमित भएकोमा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्नु भएको छ ।“जनताको काम गर्दा गर्दै मलाई कोरोना सङ्क्रमण भएपनि पीर छैन म स्वस्थनै छु पीर त मेरा जनताको स्वास्थ्यको छ कसैलाई पनि केहि नहोस् ।”, उहाँले हाम्रो समाचारसँग भन्नुभयो, “नआत्तिऔँ बरु सावधानी अपनाऔँ ।” कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर काम गर्दै आउनु भएका कार्कीलाई वडाको काम गर्ने क्रममै सोमवार कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनुपरेकोमा आफु कहि कतै दुःखी नभएको बताउँदै उहाँले जनताको सेवा अनि आफ्नो कत्र्तव्य पूरा गर्नेक्रममा आफु भाइरसको सङ्क्रमणमा परेपनिवडावासीले सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्या...
राँझामा करेण्ट लागेर ट्याङ्कर सहचालकको मृत्यु
Home top, बाँके, समाचार

राँझामा करेण्ट लागेर ट्याङ्कर सहचालकको मृत्यु

हाम्रो समाचारनेपालगन्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करको छतमा बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए । उहाँका अनुसार, शुक्रवार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो । मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । नेपाल आयल निगम लिमिटेड, इन...
राँझामा सडकको दुबैतर्फ ट्याङ्कर पार्किङले दुर्घटनाको जोखिम
Home top, बाँके, समाचार

राँझामा सडकको दुबैतर्फ ट्याङ्कर पार्किङले दुर्घटनाको जोखिम

‘धेरै पटक हामीले ट्याङ्कर एक छेउमा मात्र रोक्न लगाउन अनुरोध गर्‍यौँ तर, हाम्रो कुराको सुनुवाई भएको छैन’ बुढाथोकीले भन्नुभयो,‘दुवैतर्फ रोक्दा सामान्य घटना त घटिरहेका छन् कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्छ त्यसको जिम्मेवारी कस्ले लिने ?’ नेपालगन्ज–नेपालगन्ज उपमहानगर पालिका वडा नं. २० को राँझा एयरपोर्टको अति सम्वेदनशिल सडकमा अव्यवस्थित तरिकाले ट्याङ्कर पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको छ । सडकको दुवै किनारामा ट्याङ्कर पार्किङ गरिँदा एयरपोर्ट आयलनिगम चोकदेखि सम्झनाचोक सम्मको सडकमा अन्य सवारी साधन आवागमनमा अवरोध समेत भएको छ । सडकमा पार्किङ रहेको ट्याङकरको हावा खोल्ने प्रयास गर्दै वडाध्यक्ष कार्की । विगत लामो समयदेखि सडकको दुवैतिर ट्याङ्कर राखेर बोटामा आवत–जावतमा कठिनाई भईरहेको छ ।ट्याङ्करले सडक जाम गर्दा सो क्षेत्रमा दुर्घटना घट्ने, चोरी हुनेगरेको स्थानीय कविन्द्र बुढाथोकीको गुन...
भाटभटेनीको फोहर बोक्ने रिक्सा वडा नं.२० को नियन्त्रणमा
Home top, बाँके, समाचार

भाटभटेनीको फोहर बोक्ने रिक्सा वडा नं.२० को नियन्त्रणमा

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको भाटभटेनी सुपर स्टोरको फोहरमैला वडा नं. २० को डुडुवा नालामा विसर्जन गर्न लैजानेक्रममा बुधवार नियन्त्रणमा लिईएको छ । फोहर विसर्जनको जिम्मा लिएको सिर्जनसिल बङ्गुर पालन फर्मका सञ्चालक छविलाल भण्डारीले भे १ ह १५३३ र भे १ ह १२८८ नं. को दुई थान रिक्शामा लोड गरेर डुडुवातर्फ जानेक्र,ममा वडा नं. २० को राँझा चोकबाट वडा नं. २० का जनप्रतिनिधिले नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा लिईएको रिक्सामा रहेको फोहर नेपालगन्ज उपमहानगरपालिकाको फोहर फाल्ने गाडी मगाएर डम्पिङसाईटमा पठाईएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।उहाँका अनुसार, नियन्त्रणमा लिईएका दुईथान रिक्सा २० नं. वडा कार्यालयले रु. २० हजार जरिवाना गरेर छोडिएको छ ।भाटभटेनी सुपर स्टोरको फोहर धेरैपटक वडा नं.२० को राँझा चोकस्थित सद्भाव बाटिका छेउछाउमा फाल्ने गरेको पाईएकोले अव आईन्दा...
कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता
Home top, समाचार

कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता

हाम्रो समाचारकालिकोट । जिल्लाको रास्कोट नगरपालिका १ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका कारणले हिजो राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको स्थानीय कालिविक्रम शाहीले बताए । अहिले वेपत्ताको खोजी कार्यका लागि प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले खोजिकार्य गरिरहेका छन् । यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ...