fbpx
25.6 C
Nepalgunj
Sunday, November 28, 2021
-Advertisement-

शिक्षा र स्वास्थ्यका ऐन संशोधन गर्दै सम्पन्न भयो,जानकीको ११ औं विशेष गाउँसभा

-Advertisement-

जानकी (बाँके),४ कार्तिक । बाँकेको जानकी गाउँपालिकाले आज ११ आंै विशेष गाउँसभा सम्पन्न गरेको छ ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको विशेष गाउँसभाले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन गरेको छ ।

गाउँसभामा कार्यवाहक अध्यक्ष धितालले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले ऐन संशोधन नभएका कारण शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न कठिनाई भएकोले विशेष गाउँसभामार्फत संशोधन गरिएको बताउनुभयो ।

शिक्षा ऐन २०७७ पहिलो संशोधन, स्वास्थ तथा सरसफाई ऐन २०७८, गाउँपालिकाको वडास्तरिय योजना संशोधन र रोजगार शाखाको कार्यक्रम सर्बसहमतिबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतीन अहमद अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गर्नु भएको थियो । गाउँसभामा जानकी गाउँपालिका ४ नं वडा अध्यक्ष बिश्रामकुमार बर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

-Advertisement-

Stay Connected

0FansLike
3,032FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

-Advertisement-
Google search engine