fbpx
25.6 C
Nepalgunj
Sunday, November 28, 2021
-Advertisement-

नेपालगन्जमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको उपमहानगरस्तरीय भेला शुरु

-Advertisement-

नेपालगन्ज । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाँकेले आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकास्तरीय उद्योगी व्यवसायी भेला शुरु भएको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन गर्नेक्रममा आज नेपालगन्ज उपमहानगरपालिकास्तरीय उद्योगी व्यवसायी भेला आयोजना गरिएको संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । खजुरा गाउँपालिका स्तरीय महासंघ गठन भईसकेको र अन्य स्थानीय तहमा पनि महासंघ गठनको तयारी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै महासंघ बाँकेका उपाध्यक्ष सञ्जय अग्रवालले जिल्लाका आठवटै स्थानीय तहमा छिटै महासंघ गठन गरिने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश सह संयोजक भाष्कर काफ्लेको प्रमुख आतिथ्यतामा भईरहेको भेलामा नेकपा एमालेका नेता संविधानसभा सदस्य देवराज भार, नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव दुर्गा थारु,नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, एमाले प्रदेश कमिटी सदस्य सूर्य ढकाल, विजया धिताल, नरेन्द शर्मा, एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपति सचिव,रत्न खत्री, एमाले बाँके क्षेत्र नं. २ का संयोजक अशोक कर्माचार्य , नगर अध्यक्ष दत्तप्रसाद आचार्य लगायतका नेताहरु अतिथि रहनुभएको छ ।

भेलाले नेपालगन्ज उपमहानगरपालिकास्तरीय महासंघको नेतृत्व समेत चयन गर्ने नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाँकेका उपाध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

-Advertisement-

Stay Connected

0FansLike
3,031FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

-Advertisement-
Google search engine