fbpx
25.6 C
Nepalgunj
Sunday, November 28, 2021
-Advertisement-

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

-Advertisement-

जानकी । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिएको छ ।

गाउँपालिकाका ६ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तालिम आयोजना गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । उहाँले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

स्टिमेट भन्दा बाहिर गएर गरिएको निर्माणको फच्छ्यौट नहुने भएकोले जनसमुदायबाट समेत फच्छ्यौट हुनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताउनुभयो । गाउँका सबै जनतासामु पारदर्शी र इमान्दारीताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, लेखा अधिकृत मतीन अहमद अन्सारी, योजना शाखा सहजकर्ता राजेन्द्र बाजपेयी लगायतले तालिमको सहजिकरण गर्नुभएको छ ।

-Advertisement-

Stay Connected

0FansLike
3,031FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

-Advertisement-
Google search engine