fbpx
21 C
Nepalgunj
Friday, October 22, 2021
-Advertisement-

राप्रपाका युवा नेता राजकुमार एमाले प्रवेश

-Advertisement-
राप्रपा परित्याग गरी एमाले प्रवेश गरेका राजकुमार योगी (छेउमा)

नेपालगन्ज ।राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं.३ का अध्यक्ष राजकुमार योगी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।
अध्यक्ष योगीको नेतृत्वमा सचिव सरोज थापा सहित चार सय बढि नेता कार्यकर्ता आज नेकपा एमाले प्रवेश गरेका छन् । राजकुमार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझा क्षेत्रमा लोकप्रिय युवा नेता हुन् ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राजकुमार सहित २० नं. वडाका अधिकांश राप्रपाका नेता कार्यकर्ता एमाले पार्टी प्रवेश गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष एवम् नेकपा एमालेका नेता कृष्ण कार्कीले बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल


पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले एमाले सरकारको पालामा राष्ट्रिय स्वाधीनता, सार्वभौम अखण्डतालाई बलियो बनाउदै नेपालमा विकास र समृद्धिका धेरै प्रयासको थालनी भएको उल्लेख गर्नुभयो ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा मुलुकलाई अग्रगमन र प्रगतिको बाटोमा अघि बढाउँदै गर्दा राम्रो काम गरेकै कारण परमादेश जारी गर्न लगाई जिम्मेवारीबाट हटाईएको उहाँको आरोप छ ।


पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका पोखरेलले जनता एमालेको पक्षमा भएका कारण अन्य सबै दल डराएर गठबन्धनका नाममा एकठाउँमा हुन पुगेको बताउनुभयो ।
गरीव, असाहयका पक्षमा काम गर्ने पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै उहाँले वृद्धभत्ता, अपाङ्ग, एकल जस्ता सामाजिक सुरक्षाका क्षेत्रमा एमालेले गरेका कामहरु जनताको मनमस्तिष्कमा रहेकोले अहिले पनि जनता एमालेकै पक्षमा भएको दावी गर्नुभयो ।
नेता पोखरेलले विकासको नेतृत्व, नाकाबन्दीको सामना र ज्येष्ठ नागरिकलाई गरेको न्यायले नै जनमत एमालेप्रति आकर्षित भएको जिकिर गर्नुभयो ।

-Advertisement-

Stay Connected

0FansLike
2,991FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

-Advertisement-
Google search engine