fbpx
21 C
Nepalgunj
Friday, October 22, 2021
-Advertisement-

बाँके र बर्दियाका स्थानीय तहमा बालदिवसको रौनक

-Advertisement-

बर्दिया । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेले सञ्चालन गरेको सिकाइ परियोजना कार्यान्वयन भएका बाँके र बर्दिया जिल्लाका स्थानीय तहमा बक्तृत्वकला, चित्रकला र हाजिरीजवाफ कार्यक्रम गरि ५७ औ राष्ट्रिय बाल दिवस २०७८ मनाईएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिीले बक्तिृत्वकला, हाजिरिजवाफ, ठाकुरवावा नगरपालिीले बत्तृmत्वकला, मधुवन नगरपालिकामा बत्तृmत्वकला, गेरुवा गाउँपालिकामा बत्तृmत्वकला, र बाँकेको खजुरा गाउँपालिकामा चित्रकला निबन्ध प्रतियोगिता गरि बालदिवस मनाईएको हो ।

बाल दिबस कार्यक्रम शिक्षा तथा खेलकुद शाखा, महिला बालबालिका शाखाको आयोजनामा संचालन गरिएको र उक्त कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, शिक्षक, बिषयगत शाखका कर्मचोरीरु, विद्यार्थीहरु को सहभागीता रहेको र परियोजना संचालन भएका नगर तथा गाउँपालिका बाँकेको खजुरा, बर्दियाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका,ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिकामा स्याक नेपाल बाँकेको प्रत्यक्ष सहभागिता तथा सहयोग रहेको थियो भने खजुरा गाउँपालिकामा युवा महिलाहरुका लागि विद्यालय तहमा महिनावारी ब्यबस्थापन सम्बन्धि अभिभमुखिकरण र बारबर्दियामा पालीका स्तरमा कार्यक्रमको समिक्षा बैठक समेत सम्पन्न भएको कुरा सिकाइ परियोजना लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।

बिसं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि९१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रूपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको छ । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवस गरेको पाइन्छ ।

२०६३ साल अघी सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि९१०८९ २० नोवेम्बरलाई सन् १९९० १४ सेप्टेम्बर २९ भाद्र मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ यद्यापि २९ भाद्रमा राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ यस्ता दिवसहरूलाई वास्तविक रूपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन कुरा सबै कार्यक्रमका सहभागीहरुको जोड रहेको थियो ।

-Advertisement-

Stay Connected

0FansLike
2,990FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

-Advertisement-
Google search engine