fbpx
21 C
Nepalgunj
Friday, October 22, 2021
-Advertisement-

राप्तीसोनारीमा टोलटोलमा अनेमसंघ

-Advertisement-

नेपालगन्ज । नेकपा एमाले राप्तीसोनारी गाउँपालिका वडा न ७ मा टोल टोलमा अखिल नेपाल महिला संघको कमिटी गठन भएको छ ।
संगठन सुदृढिकरण अभियान अन्तर्गत पार्टीलाई जनस्तरसम्म पुर्याउन अनेमसंघको टोल कमिटी गठन गरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश समिति सचिव चमेली बाकवलले जानकारी दिनुभयो ।


शनिवार फत्तेपुरको सर्रीमा आयोजित कार्यक्रममा वडा नं. ७ को सर्री टोलमा निर्मला थारुको नेतृत्वमा ७ सदस्यीय, निवुवाटारमा मिना थारुको नेतृत्मा ७ सदस्यीय र विसमपुरमा अस्मी थारुको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन भएका हुन् ।

कार्यक्रममा नेकपा (एमाले) क्षेत्र नं. १ का अध्यक्ष बलराम भटराई, राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्ष तुलसीराम थारु, सचिव मनोज केसी लगायतले राजनीतिमा महिला नेतृत्वको लागि महिलाहरु आफै जागरुक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

-Advertisement-

Stay Connected

0FansLike
2,990FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

-Advertisement-
Google search engine