fbpx

राष्ट्रिय युबा संघ बाँके संगठन विस्तार अभियानमा

नेपालगन्ज।नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युबा संघ बाँकेले संगठन विस्तार अभियान सञ्चालन गरेको छ ।
जिल्लाका आठवटै गाउँपालिका र वडास्तरमा रााष्ट्रिय युबा संघको कमिटी विस्तार गर्ने अभियान सञ्चालन भएको रााष्ट्रिय युबा संघ बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।
अभियानकै क्रममा आज किरणकुमार क्षेत्रीको संयोजकत्वमा खजुरा गाउँपालिकास्तरीय रााष्ट्रिय युबा संघ कमिटी गठन भएको छ ।
उपाध्यक्षमा शान्ति सुनार, सचिबमा गौरब सापकोटा , सहसचिवमा रमेश खत्री र कोषाध्यक्षमा अस्गरअलि मिया रहेको १२१ सदस्यीय राष्ट्रिय युबा संघ खजुरा गाउँपालिका कमिटी गठन भएको अध्यक्ष सुनारले बताउनुभयो ।

उहाँका अनुसार, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भएको युवा भेलामा राष्ट्रिय युबा संघका केन्द्रीय स्थायी कमिटी सदस्य एवम् बाँके इन्चार्ज खेमराज शर्मा, नेकपा एमाले खजुरा गाउँपालिका पार्टी अध्यक्ष गेहेन्द्र धिताल लगायतले एमालेको नीति विधि वमोजिम जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकका लागि क्षमता विकास तालिम शुरु

२०७८ श्रावण १०, आईतवार १६:४६
बर्दियाः बाँके र बर्दियाका स्थानीय तहका कक्षा शिक्षकलाई प्रारम्भिक सिकार्इ पढार्इ सन्दर्भ सामग्री निर्माण तथा प्रयोग सम्बन्धी शिक्षण तालिम शुरु भएको छ । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बाँकेको १ र बर्दियाका ३ स्थानीय तहका कक्षा शिक्षकलाई शिक्षण […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »