fbpx

कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनु भएको छ।

तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो ।

“सबै अस्पताललाई अक्सिजन भर्न र शैया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।”

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय युबा संघ बाँके संगठन विस्तार अभियानमा

२०७८ श्रावण ७, बिहीबार १५:५५
नेपालगन्ज।नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युबा संघ बाँकेले संगठन विस्तार अभियान सञ्चालन गरेको छ ।जिल्लाका आठवटै गाउँपालिका र वडास्तरमा रााष्ट्रिय युबा संघको कमिटी विस्तार गर्ने अभियान सञ्चालन भएको रााष्ट्रिय युबा संघ बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।अभियानकै क्रममा आज किरणकुमार क्षेत्रीको संयोजकत्वमा खजुरा गाउँपालिकास्तरीय रााष्ट्रिय युबा संघ कमिटी गठन […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »