fbpx

बर्दियामा शिक्षकलाई क्षमता विकास तालिम

बर्दिया । बालबालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गर्न बर्दियामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तलिम तथा शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धि तालिम शुरु भएको छ ।

राजापुर नगरपालिकाका ५ विद्यालय, गेरुवा गाउँपालिकाको २ बारबर्दिया नगरपालिकाको ५ र गुलरिया नगरपालीकाका ३ बवद्यलयका कक्षा शिक्षकहरुका लागी लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तलिम गुलरियामा र शिक्षकहरुका लागि प्राराम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी ४ दिने तालिम राजापुरमा आजदेखि संचालन भएको हो ।

तालिममा विद्यालयहरुमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिपमा अभिवृद्घि भइ विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइ कृयाकलापमा यसको प्रभाव तथा थप मद्घत पुग्ने अपेक्षा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बारबर्दिया नगरपालीका , गुलरिया नगरपालीका ,राजापुर नगरपालीका र गेरुवा गाउपालीकाको समन्वयमा नगर क्षेत्रभित्र लन परियोजना संचालन भएको बिधालयका कक्षा शिक्षकहरुको सहभागीता रहेको छ ।

तालिम उद्धाटन सत्रमा बर्दिया जिल्ला गैसस महासंगका अध्यक्ष बिष्णु तिमल्सेनाले बिधालय शिक्षामा यस तालिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने र बिकट समुदायमा रहेका बालबालीकाहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नमा तालिम महत्वपुर्ण रहने र सदैव शिक्षाको गुणस्तर बृद्धीका लागी पैरवी गदै आइरहेको बताउदै तालिमको सफताको शुभकामना दिनु भयो ।

शिक्षकहरुका लागि लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम गुलरियामा १७ जना शिक्षक र राजापुर नगरपालीकामा संचालनमा रहेको शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्र्दभ सामाग्री निर्माण र प्रयोग सम्बन्धी तालिममा २० जना शिक्षकको सहभागीता रहेको छ । राजापुर नगरपालीकामा संचालनमा रहेको तालिममा राष्ट्रिय सेतो गुरासको प्रशिक्षक राधा मल्ल र गुलरियामा संचालन तालिममा हेमा सुनारले तालिम सहजिकरण गर्नुभएको छ ।

तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी

२०७८ श्रावण १, शुक्रबार २२:१०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनु भएको छ। तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »