fbpx

शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान गर्न आन्दोलनः महासचिव आचार्य

नेपालगन्ज,२६ असार । शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेपका विरुद्ध नेकपा एमाले निकट युवा विद्यार्थीले आज नेपालगन्जमा प्रदर्शन गरेका छन् ।

नेपालगन्जस्थित पार्टी कार्यालयबाट शुरु भएको जुलुश बाँके जिल्ला अदालत परिसरमा पुगि कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपालका महासचिव रमेश आचार्यले विपक्षी गठबन्धनका नाममा विभिन्न वाहना र इशारामा मुलुकमा संवैधानिक सङ्कट र अस्थिरता सिर्जना गराउने गतिविधि हुँदै आएकोले संविधानको रक्षाको लागि सत्तापक्ष दलकै युवा विद्यार्थी सडक आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

“मानवअधिकारको बर्को ओडेर मानवअधिकार विरोधी गतिविधि गर्र्ने, नागरिक समाजकाको बर्को ओडेर नागरिकलाई अफ्ठेरो पार्ने गतिविधि भईरहेको छ”,महासचिव आचार्यले भन्नुभयो,“पूर्व प्रधानन्यायाधीश, र पूर्व प्रधानमन्त्रीले समेत क्लव बनाएर संविधानमाथि कुठाराघात गर्न थालेपछि त्यसको विरोधमा राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियु सडकमा आएको छ ।”

सत्ता जोगाउनको लागि नभई शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेप विरुद्ध युवा सङ्घ र अनेरास्ववियुले आन्दोलन शुरु गरेको बताउँदै उहाँले स्वतन्त्र सक्षम न्यायपालिका विदेशी चलखेल र पूर्व प्रधानन्यायाधीशको इशारा तथा प्रभावमा चल्न नहुनेमा जोड दिनुभयो ।

राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियु बाँकेले आयोजना गरेको सडक प्रदर्शनमा बोल्दै उहाँले सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा कायम राख्नको निम्ति अव चुनाव मात्रै एउटा विकल्प भएको दावी गर्नुभयो ।

“प्रधानमन्त्रीले संसद बिघटन गरेर राष्ट्रपतिले त्यसलाई जारी गरेको कुरामा सर्वोच्च अदालतले त्यसको पक्षमा गर्ने फैसला मात्रै संवैधानिक हुन सक्दछ, त्यो कुरा मात्रै नेपाली जनतालाई न्यायोचित हुन सक्दछ”, महासचिव आचार्यले भन्नुभयो,“हामीले लडेर ल्याएको उपलब्धिलाई रक्षा गर्ने जिम्मा सबैको हो । न्याय मर्न खोजेको कुरा, विवेक गुम्न खोजेको कुरा र संविधान धुजाधुजा पर्नबाट जोगाउन हामी सडकमा आएका छौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयन गर्दै राष्ट्रियतालाई देखिने राष्ट्रियता होईन सुनिने राष्ट्रियताको रुपमा विकास गर्ने, देशलाई बिकास निर्माणको मार्गमा अघि बढाईरहेकोबेला विपक्षी गठबन्धनले विदेशी इशारामा प्रधानमन्त्री ओली र नेकपा एमालेलाई कम्जोर बनाएर मुलुकमा अस्थिरता निम्त्याई द्वन्द्वको खेतीगर्न अग्रसर भएको उहाँले आरोप लगाउनुभयो ।

नेकपा एमाले बाँकेको पार्टी कार्यालयबाट युवा विद्यार्थीले प्रदर्शनसहित बाँके जिल्ला अदालतको परिसरमा पुगेर कोणसभा गरेको राष्ट्रिय युवा सङ्घ बाँकेका संयोजक तिलकवीर सुनारले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय सचिव रबिन्द्र लम्साल, नेकपा एमाले नेता देवराज भार, पदम धिताल, अशोक कर्माचार्य, दत्त आचायए, युवा संघका स्थायी कमिटी सदस्य खेमराज शर्मा, अनेरास्ववियु सचिवालय सदस्य सूर्य रोकाय, केन्द्रीय सदस्य मोहित शाह लगायत युवा विद्यार्थीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा शिक्षकलाई क्षमता विकास तालिम

२०७८ असार २६, शनिबार १५:२६
बर्दिया । बालबालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गर्न बर्दियामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तलिम तथा शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धि तालिम शुरु भएको छ । राजापुर नगरपालिकाका ५ विद्यालय, गेरुवा गाउँपालिकाको २ बारबर्दिया नगरपालिकाको ५ र गुलरिया नगरपालीकाका ३ बवद्यलयका कक्षा शिक्षकहरुका […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »