fbpx

खजुरामा डेंगु तथा किटजन्य रोग नियन्त्रणका लागि पूर्वतयारी

नेपालगन्ज । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सोनपुरमा डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालासँग अभिमुखिकरण तथा बासस्थानको खोजी गरि लार्भा नष्ट कार्यक्रम गरिएको छ ।

खजुरा प्राथमिक स्वास्थ्य केन्द्रकी डा. पुजा सुनारले डंगुबारे जानकारी दिँदै एसिड एजिप्टाइ नामक लामखुट्टेबाट सर्ने डेंगु महामारी हुँदा ४० देखि ९० प्रतिशतसम्म फैलिने हुँदा रोग लाग्न नदिन सबैले कोशिस गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डेंगु फैलाउने लामखुट्टे सफा पानीमा बस्ने भएकोले घर वरिपरि पानी जम्न नदिन आग्रह गर्दै उहाँले यो रोग लागेमा एक्कासी ज्वरो आउने, फोक्सो र पेटमा पानी जम्ने, छाती लगायतका ठाउँमा छुँदा डाम बस्ने, नाक, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने बताउनुभयो।


कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले डेंगु लाग्नुभन्दा लाग्न नदिन सचेतना फैलाउन लागि खजुराले अभियान सुरु गरेको बताउनुभयो । खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख टिकामाया गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समुदायमा जनचेतना फैलाउने र लार्भ नष्ट गरिने बताउनुभयो ।
राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकालले संचालन गरेको कार्यक्रममा सोनपुर स्वास्थ्य चौकी इन्चार्ज प्रकाश गौतमले स्वागत गर्दै डेंगु रोगको सचेतना वारे जानकारी गराउनुभयो।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, र राजनीतिक सल्लाहकार भीम ओली लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान गर्न आन्दोलनः महासचिव आचार्य

२०७८ असार १५, मंगलवार २१:५१
नेपालगन्ज,२६ असार । शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेपका विरुद्ध नेकपा एमाले निकट युवा विद्यार्थीले आज नेपालगन्जमा प्रदर्शन गरेका छन् । नेपालगन्जस्थित पार्टी कार्यालयबाट शुरु भएको जुलुश बाँके जिल्ला अदालत परिसरमा पुगि कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपालका महासचिव रमेश […]

You May Like

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »