fbpx

खजुरामा अपाङ्गता भएकालाई सहायक सामाग्री हस्तान्तरण

खजुरा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । आइतबार खजुरा गाउँपालिकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग र सबै वडाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिका सदस्य गेहेन्द्र धितालले संयुक्तरुपमा सहयाक सामाग्री वितरण गर्नुभएको हो । महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेका अनुसार अति विपन्न परिवारका अपांगता वर्गीकरण ख, ग र घ वर्गका व्हीलचेयर २५ जनालाई, ट्राइसाइकल ६ जनालाई, बैशाखी २ जना, रिंगबाला बैशाखी २ जना, सेतोछडी ८ जनालाई गरी ५० जनालाई वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कक्षपति, उपाध्यक्ष विकले विभिन्न कारणले अपांगता भएर आफ्नो जीवनमा सहाराको आवश्यकता भएका गाउँपालिका क्षेत्रभित्रका व्यक्तिहरुको सहाराको रुपमा गाउँपालिका उभिने बताउनुभयो । गाउँपालिकाले करीब ५ सय जनालाई अपांगता परिचयपत्र वितरण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका एमाले जनप्रतिनिधि भन्छन्ःचुनावी प्रतिवद्धता पूरा गरेरै छोड्छौ

२०७८ असार १४, सोमबार ०७:५०
नेपालगन्ज । बाँकेमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले चुनावी घोषणापत्र अनुसारको अधिकांश प्रतिवद्धता पूरा गरेको बताएका छन् ।६९ औं मदन जयन्तीका अवसरमा नेकपा एमाले बाँकेले स्थानीय तहको आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि तय गरिएको नीति तथा कार्यक्रमवारे आज नेपालगन्जमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बाँकेमा स्थानीय तहमा निर्वाचित नगरप्रमुख, […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »