fbpx

गुणस्तरीय शिक्षाका लागि आइसीटीका सामाग्री हस्तान्तरण

नेपालगन्ज । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदरीमा संचालित आइसीटी ल्याप (लन परियोजना अन्तर्गत) बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका विद्यालयमा आइसीटी ल्यावका लागि सामाग्री प्रदान गरिएको छ ।

परियोजना सञ्चालन भएका ७ वटा बिधालयमा प्रबिधि मैत्री कक्षा शिक्षण सिकाइ क्रियाकलाप संचालन तथा प्रबिधि मैत्री गुणस्तिय शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ ३ वटा विद्यालयमा आइसीटी ल्यावका लागि सामाग्री एक समारोहका साथ विद्यालयमा हस्तारन्तरण गरिएको छ ।

सामाग्री खजुरा गाउँपालिका वडा नं ४ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालय, राजापुर नगरपालिका भित्रका मानपुर माध्यमिक बिधालय,पदम कुमारी माध्यामीक बिधालयमा सामाग्री सस्थाका टिमलिडर नेत्रकला शाहीबाट बिधालय लाइ हस्तान्तरण गरिएको छ । हस्तान्तरणका क्रममा खजुरा गाउपालीका वडा नं ४ का वडा अध्यक्ष तिलकबिर सुनार, शिक्षा शाखा प्रमुख खगेन्द्र हादुर मल्ल, विद्यालयलय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, र राजापुर नगरपालिकामा विद्यालय ब्यबस्थापन समितीका पदाधिकारी विद्यालयका प्राधानाध्यपक लगायतको सहभागीता रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तिलकबिर सुनारले विद्यालयको चौतर्फी बिकासका लागि प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बिगत वर्ष देखि कार्यक्रम मार्फत गुणस्तरिय शिक्षाको क्षेत्रमा अतुलनिय सहयोग गदै आइरहेको र पुन बिधालयमा बाल मैत्री तथा प्रबिधि मैत्री सिकाइका लागि आइसिटीका सामाग्री सहयोगले सिकाइमा टेवा पुग्ने अपेक्षाका साथ सस्थाले दिएको सामाग्रीको उचित प्रयोग र यसको ब्यबस्थापनमा विद्यालयले बिषेश ध्यान दिनेछ भन्ने अपेक्षा गरेको र यस कार्यमा सहयोग गर्ने स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाललाइ धन्यबाद दिएका छन् ।

सस्थाको तर्फदेखि टिमलिडर नेत्रकला शाहीले बिधालयको प्रबिधि मैत्री सिकाइमा सबै बालबालीकाहरुको पहुच पुग्नुका साथै गुणस्तिरिय शिक्षा प्रदान हुने अपेक्षा का साथ सामाग्रीको सुरक्षा ब्यबस्थापन मा विद्यालयले बिषेश ध्यान दिने छ । ३ वटा विद्यालयमा आइसीटी ल्यापका लागी प्रति विद्यालय ६ सेट डेसटप कम्युटर,१ थान लेपटप,१ थान प्रोजेक्टर,५ थान कम्युटर टेवल, ६ थान कम्युटर कुर्चि,३ थान एलीडी टिभि,ब्यट्टी र इन्भटर १ सेट, पेन डाइप २ थान मल्टी पलग ५ सेट गरि कुल पाच लाख पचासहजार १ बिधालयको हुने गरि ३ वटा बिधालयमा १६ लाख पचास हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । ठाकुरद्धारा, बारबर्दियामा पुन ४ वटा बिधालयमा समेत बितरण गरिने र परियोजना संचालन भएका ७ वटा बिधालयमा ४० लाख वराबरको आइसिटि सामाग्री हस्तान्तरण गरिने योजना रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीको बाढीले बाँकेका दर्जनौ गाउँ जोखिममा

२०७८ असार १, मंगलवार ०८:४७
नेपालगन्ज ।अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेपछि बाँकेको तटिय क्षेत्रका गाउँ डुवानको उच्च जोखिममा परेका छन् । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु ५ मिटर पार गरिसकेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, दाङ, रोल्पा, प्यूठानमा […]

Calendar

July 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
Translate »