fbpx

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

नेपालगन्ज ।मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।

महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

महाशाखाले बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमान गरेको छ ।

यस्तै, बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहन सक्ने पूर्वानुमानमा उल्लेख छ । भने, देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुणस्तरीय शिक्षाका लागि आइसीटीका सामाग्री हस्तान्तरण

२०७८ जेष्ठ २६, बुधबार ०९:०२
नेपालगन्ज । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदरीमा संचालित आइसीटी ल्याप (लन परियोजना अन्तर्गत) बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका विद्यालयमा आइसीटी ल्यावका लागि सामाग्री प्रदान गरिएको छ । परियोजना सञ्चालन भएका ७ वटा बिधालयमा प्रबिधि मैत्री कक्षा शिक्षण सिकाइ […]

Calendar

July 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
Translate »