fbpx

कोरोना महामारी रोकथामसँगै संगठन सुदृढिकरणमा बाँके एमाले

नेपालगन्ज । नेकपा एमाले जिल्ला कमिटी बाँके कोरोना महामारी रोकथामसँगै संगठन सुदृढिकरणमा लागेको छ ।
पार्टीको क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय कमिटी र पालिकास्तरीय कमिटीका अध्यक्षहरुको आईतवार सम्पन्न बैठकले कोरोना महामारी रोकथामसँगै संगठन सुदृढिकरणमा लाग्ने निर्णय गरेको जिल्ला अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वैठकमा कमिटीका अध्यक्षहरुले कोरोना कहरका सम्बन्धमा पार्टीले गरेका गतिविधि र पार्टीको अवस्थाका वारेमा जानकारी गराउनुभएको थियो । पार्टी जिल्ला कमिटीको अन्तर पार्टी निर्र्देशनलाई कोरोना अवधिभर आन्तरिक तयारी गरी संक्रमण कम हुनासाथ कडाईका साथ कार्यान्वयन गर्ने र असार मसान्तभित्र पार्टी संगठित सदस्यता नविकरण गरिसक्ने वैठकमा निर्णय भएको छ ।

पार्टी सचिवालय सदस्य डम्बर थापा कोरोना संक्रमित भई उपचारको क्रममा निधन भएको र सचिवालय सदस्य बलराम भट्टराईको धर्मपत्नी द्रुपदा भट्टराईको पनि कोरोनाका कारण मृत्यु भएकोमा वैठकले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । पार्टी जिल्ला कमिटी सदस्य यमबहादुर रावत पार्टी परित्याग गरेकोले साधारण सदस्य समेत नरहनेगरी जिल्ला कमिटीबाट निस्कासन गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेष्ठ २४, सोमबार ०७:५८
नेपालगन्ज ।मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ । महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र […]

Calendar

July 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
Translate »