fbpx

ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ

काठमाडौं। अध्यादेश मार्फत शनिबार सिंहदरवारबाट प्रस्तुत गरिएको बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ । त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

संविधानको धारा ११९ को उपधारा ३ अनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सरकारले शुक्रबार मात्र आर्थिक सर्वेक्षण सार्वजनिक गरेको थियो । प्रतिनिधिसभा कायम नरहेकोबेला कोभिड माहामारीकाबीच सरकारले अध्यादेशमार्फत यस वर्षको बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा व्यापार घाटामा कमीआएको दावी गर्नुहुँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा ९४ प्रतिशत राजस्व असुल हुने अनुमान सुनाउनुभयो । अर्थमन्त्री पौडेलले कोभिड १९ को माहामारीबाट जनताको जीवन रक्षा गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बजेटको लक्ष्य रहेको बताउनुभयो ।

सरकारले सबै नागरिकलाई यथाशीघ्र कोभिड खोप निःशुल्करुपमा व्यवस्था गर्ने र खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । त्यस्तै, अस्पतालमा खट्ने स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ताका लागि ३७ अर्व ५३ करोड रुपियाँ विनियोजन गरिएको छ । अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुन नदिन करारमा लिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । त्यस्तै, कोभिड नियन्त्रण तथा उपचारका लागि थप ४ अर्व रुपियाँ विनियोजन भएको छ ।

त्यस्तै, सिकलसेल एनिमिया, मुटुरोग उपचारका लागि २ अर्व ५० करोड रुपियाँ विनियोजन भएको छ । अर्थमन्त्री पौडेलकाअनुसार प्रदेश सरकारलाई ३७ अर्व ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्व ५० करोड रुपियाँ सशर्त अनुदान प्रदान गरिने छ । सञ्चार माध्यम (मिडिया) लाई निःशुल्क नविकरण गर्ने व्यवस्था बजेटले गरेको छ ।

सोहीअनुसार अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्व ७७ करोड रुपियाँ विनियोजन गरिएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

२०७८ जेष्ठ १५, शनिबार १७:११
काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »