fbpx
31.5 C
Nepalgunj

बाँकेमा उपचारको क्रममा थप आठ सङ्क्रमितको मृत्यु

नेपालगन्ज । कोरोना संक्रमणका कारण बाँकेमा रातभरीमा आठजनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा ५ जना, शिक्षण अस्पताल कोहलपुरमा दुई जना र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिकाका वडा नं. १ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका वडा नं. ६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं. ३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका वडा नं. २ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका वडा नं. १ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएका छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ सय २२ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ६७ जनाको मृत्यु भएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »