fbpx
31.5 C
Nepalgunj

नेपालगन्ज १९ मा घर घरमा स्वास्थ्य सेवा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १९ नं. वडा कार्यालयले घर घरमा स्वास्थ्य सेवा परीक्षण जाँच शुरु गरेको छ । वडामा बिरामी परेका जनताको घर घरमा पुगेर विरामीको जाँच गर्नुका साथै औषधि समेत वितरण गरिएको वडाध्यक्ष परसराम कुर्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, होम आइसोलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पु¥याईएको हो । विरामीहरुलाई दश दिनको लागि औषधि, मास्क, अक्सिमिटर, थर्ममिटर, सेनिटाइजर, फेसिएल लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । लक्षण नभएको र अस्पतालमा शैया अभाव भएका कारण होम आइसोलेसन बस्न बाध्य संक्रमितहरुको अवस्थालाई मध्यनजर गरी आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा उपलब्ध गराईएको उहाँले बताउनुभयो ।

बसुदेवपुर स्वास्थ्य चौकीका प्रमुख सुनिल बज्राचार्य सहित जनप्रतिनिधि वफाती बेहेना, अमृता शाही र कर्मचारीको टोलीले घरमै स्वास्थ्य लाभ गरिरहेका संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । वडा नं. १९ मा २९ महिला र ३३ पुरुष गरी ६२ जना सक्रिय संक्रमित रहेको वडा सचिव तेजेन्द्र रोकायले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका १९ नंं. वडा कार्यालयले वडाका सबै जनतामाझ स्वास्थ्य सेवा पुर्याउन लागि परेको वडा सचिव रोकायले हाम्रो समाचार दैनिकलाई जानकारी दिनुभयो । घर घरमा पुगेर संक्रमितको अवस्था बुझि आत्मबल बढाउनुको साथै सामान्य विरामीको समेत जाँच गरी स्वास्थ्य सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »