fbpx
31.5 C
Nepalgunj

स्वास्थ्यकर्मी सहित जनताको घर घरमा वडाध्यक्ष

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका २० नं. वडा कार्यालयले घर घरमा स्वास्थ्य सेवा परीक्षण जाँच शुरु गरेको छ । वडामा बिरामी परेका जनताको घर घरमा पुगेर विरामीको जाँच गर्नुका साथै औषधि समेत वितरण गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आज पहिलो दिन नयाँवस्तीमा १ सय २० जना विरामीको परीक्षण गरिएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा पु¥याईएको हो ।

विरामीहरुलाई सात दिनको लागि औषधि, मास्क, अक्सिमिटर, थर्ममिटर, सेनिटाइजर, फेसिएल लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । लक्षण नभएको र अस्पतालमा शैया अभाव भएका कारण होम आइसोलेसन बस्न बाध्य सङ्क्रमितहरुको अवस्थालाई मध्यनजर गरी आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा उपलब्ध गराईएको उहाँले बताउनुभयो ।

मनिकापुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सुरज बोहरा, राधिका रोकाय सहितको टोलीले घरमै स्वास्थ्य लाभ गरिरहेका सङ्क्रमित बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न थालेका छन् । वडा नं. २० मा ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका २० नंं. वडा कार्यालयले वडाका सबै जनतामाझ स्वास्थ्य सेवा पुर्याउन लागि परेको वडा सदस्य चक्र बिसीले हाम्रो समाचार दैनिकलाई जानकारी दिनुभयो । भोली थपुवा टोलमा घर घरमा पुगेर सङ्क्रमितको अवस्था बुझि आत्मबल बढाउनुको साथै सामान्य विरामीको समेत जाँच गरी स्वास्थ्य सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »