fbpx
31.5 C
Nepalgunj

कोरोना कहरः एकै घरका तीन दाजुभाईको मृत्यु

नेपालगन्ज। कोरोना भाइरस सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाईको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.३ निवासी एकै परिवारका इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमदको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उनीहरुको एक–एक दिनको फरकमा मृत्यु भएको छ । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । त्यस्को भोलिपल्ट आज विहान इम्तियाजको मृत्यु भएको हो । सात दाजुभाई मध्ये जहीर कान्छा हुन् भने एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताउनुभयो । नेपालगञ्जको वीपीचोक नजिकै हार्डवयेरको व्यापार गर्दै आउनु भएका जहिर अहमदको बुधबार, एजाज अहमदको बिहीवार र इम्तियाज अहमदको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा ठूलो बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभएको छ ।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित विरामीको उपचारको क्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »