fbpx
31.5 C
Nepalgunj

बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु

नेपालगन्ज । बाँकेमा उपचारको लागि भर्ना भएका थप दुई जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका वडा नं. ५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गत वैशाख १० गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना हुनु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ६० वर्षीय पुरुषको गएराती ११.४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका डुडुवा गाउँपालिका वडा नं. ५ बाँके निवासी २७ वर्षीय पुरुषको आज विहान ४ः४० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ४५ पुगेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »