fbpx

७ नं. वडा कार्यालयद्वारा गुणस्तरीय सेवाको लागि स्वास्थ्य सामग्री सहयोग

0 0
पढ्दा लाग्ने समय:2 मिनेट, 52 सेकेन्ड

नेपालगन्ज उपमहानगरपालिका वडा नंं ७ ले वडावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न शहरी स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य सामग्री तथा फर्निचर सहयोग गरेको छ ।
शुक्रवार वडा कार्यालयमा आयोजित समारोहमा वडाध्यक्ष जुमन खाँले शहरी स्वास्थ्य क्लिनिकलाई आवश्यक गर्भमा रहेको शिशुको ह्दय गति जाँच्ने फिटल डोप्लर मेसिन, खोप सामग्री सुरक्षित राख्न फ्रिज, घुम्ने कुर्सी र फलामे कुर्सी प्रदान गर्नुभयो ।


शहरी स्वास्थ्य क्लिनिककी प्रमुख जनस्वास्थ्य निरिक्षक लिला शर्मालाई सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष जुमन खाँले वडावासीको स्वास्थ्यप्रति आफु संवेदनशिल रहेको उल्लेख गर्दै शहरी स्वास्थ्य क्लिनिकलाई आवश्यक उपकरण तथा सामग्री आगामी दिनमा पनि प्रदान गर्ने बताउनुभयो ।
शहरी स्वास्थ्य क्लिनिकमा अत्यावश्यक रहेको शिशुको ह्दय गति जाँच्ने फिटल डोप्लर मेसिन एक थान, खोप सामग्री सुरक्षित राख्न फ्रिज एक थान, कार्यालय प्रयोजनको लागि घुम्ने कुर्सी एक थान र फलामे कुर्सी दुई थान वडा कार्यालयबाट सहयोग प्रदान गरिएको वडा सचिव कमल चौधरीले जानकारी दिनुभयो ।


वडा कार्यालयले प्रदान गरेको स्वास्थ्य उपकरण तथा सामग्रीले सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा ठूलो सहयोग पुग्ने शहरी स्वास्थ्य क्लिनिककी प्रमुख जनस्वास्थ्य निरिक्षक लिला शर्माले बताउनुभयो । यसबाट कार्यालयले प्रदान गर्ने स्वास्थ्य सेवाप्रति जनताको विश्वसनियता बढ्ने उहाँको विश्वास छ ।
वडा नंं ७ स्थित शहरी स्वास्थ्य क्लिनिकमा दैनिक १० देखि १२ जनाका दरले महिनामा ३ सय भन्दा बढि सेवाग्राहीले स्वास्थ्य सेवा लिन आउने गरेको प्रमुख शर्माले जानकारी दिनुभयो । कार्यालयमा सेवाग्राहीको लागि प्रतीक्षा गर्न फर्निचर र खानेपानीको अभाव रहेको उहाँको भनाई छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागी पीडितसँग दुःख साट्दै राष्ट्रिय युवा संघ

२०७७ चैत्र ६, शुक्रबार १२:४३
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नरैनापुर गाउँपालिकाका आगलागी पीडितलाई शुक्रवार राहत वितरण गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. ६ गङ्गापुरको दोन्द्रा र वडा नं. २ लक्ष्मणपुरका आगलागी पीडितलाई खाद्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो । उहाँका अन्ुसार, दोन्द्राका […]

You May Like

Translate »