fbpx

बाँके युवा संघ र अखिलको नेतृत्वमा बस्याल र मल्ल

0 0
पढ्दा लाग्ने समय:2 मिनेट, 15 सेकेन्ड

नेपालगन्ज–नेकपा एमाले बाँकेको पदाधिकारीको पाँचौ बैठकले राष्ट्रिय युवा संघ बाँके र अनेरास्ववियु बाँकेको जिल्ला कमिटीलाई पुनर्गठन गरेको छ ।

अध्यक्ष सूर्य ढकालको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्य, केन्द्रीय सदस्यद्वय देवराज भार र पुजन बिश्वकर्माको आतिथ्यमा सम्पन्न वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि स्थानीय तहसम्म उत्साहजनक ढंगबाट पुनर्गठन भईरहेको सन्दर्भमा बाँके जिल्ला कमिटीलाई पुनर्गठन गरिएको एमाले बाँकेले जनाएको छ ।

वैठकले राष्ट्रिय युवा संघ नेपालको चैत ६ गते र अनेरास्ववियूको चैत ७ गते शपथ ग्रहण तथा बैठकको मिति तय भएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
युवा संघमा कुश्माखर बस्याल (अध्यक्ष), राजु तामाङ (उपाध्यक्ष),मिलन शाह (उपाध्यक्ष),तिलकविर सुनार (उपाध्यक्ष),दिपक बर्मा (उपाध्यक्ष),मनोज बि.क.(उपाध्यक्ष), घनश्याम वली (उपाध्यक्ष),भूपाल शर्मा (उपाध्यक्ष),रमेश मिजार (सचिव),नारायण खनाल (उप(सचिव), भ्यास मिश्र (कोषाध्यक्ष) रहेको ३३५ सदस्यीय कमिटी गठन भएको छ ।

यसैगरी अनेरास्ववियु संयोजक टेकेन्द्र मल्ल, सह–संयोजक विकल भट्टराई, सचिव प्रकाश विश्वकर्मा,सह–सचिव विकाशविक्रम के.सी. र कोषाध्यक्ष विनयकुमार यादव रहेको १५१ सदस्यीय कमिटी गठन भएको नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आदर्श माविमा विद्यार्थी स्वागत कार्यक्रम

२०७७ चैत्र ३, मंगलवार ०८:५८
नेपालगन्ज उपमहानगरपालिका वडा नं.२०राँझास्थित आदर्श माध्यमिक विद्यालयमा नव आगन्तुक कक्षा ११का विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम गरिएको छ ।कक्षा १२ मा अध्ययनरत विद्यार्थीले स्वागत कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, आदर्श माविमा कक्षा ११मा १ सय २७ विद्यार्थी अध्ययनरत रहेका छन् । स्वागत समारोहमा नेपालगन्ज उपमहानगरपालिका […]
Translate »