नेपालगन्ज २० मा नेकपाको वडा कमिटी

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 33 सेकेन्ड

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न. २० मनिकापुरमा नेकपा ओली समूहको वडा कमिटी गठन भएको छ ।

विश्वनाथ वर्माको अध्यक्षतामा आज बसेको भेलाले नेपालगन्ज उपमहानगरपालिका २० नं. वडाका निर्वाचित वडाध्यक्ष समेत रहनुभएका कृष्ण कार्कीको नेतृत्वमा ३९ सदस्यीय वडा कमिटी गठन गरेको हो।

भेलामा पूर्व माओवादीका स्थानीय नेता टीकाराम अधिकारी सहितका कार्यकर्ता कमिटीमा समावेश भएको अध्यक्ष कार्की ले जानकारी दिनुभयो ।

भेलामा बोल्दै नेकपाका केन्द्रीय सदस्य शान्ति ढकाल , केशव गिरी र नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपानै अधिकारीक नेकपा भएको उल्लेख गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गर्नुभयो।

वडा कमिटी अध्यक्ष विश्वनाथ बर्मा नगर कमिटी सदस्यमा मनोनित भएपछि कार्कीको अध्यक्षतमा नयाँ नेतृत्व गठन भएको हो।

नव निर्वाचित अध्यक्ष कार्कीले मनिकापुरलाई समृद्ध बनाउन अव पार्टीका कार्यकर्ता एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x