हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ७ घाइते

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 52 सेकेन्ड

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित ७ जना घाइते भएका छन् ।

सिमकोट गाउँपालिका–७, ओख्रेनीमा गएराती लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुनेमा सिमकोट(२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट(६ बस्दै आएका अजय बस्नेत, सिमकोट(८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका(१ की झुमझुम लामा र सिमकोट बजार बस्दै आएका बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

जिप सडकभन्दा करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x