
नेपालगन्ज–बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता सहित घरमा सिकाइ कुनाको ब्यबस्थापन अभिमुखिकरण सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दियाको राजापुर, ठाकुरवावा, बारबर्दिया नगरपालिका, गेरुवा , बढैयाताल र बाँकेको खजुरा गाउँपालिकामा सञ्चालित सिकाइ परियोजना अन्तर्गत अभिमुखिकरण सम्पन्न भएको हो ।
राजापुर नगरपालिकामा ३, ठाकुरबाबा नगरपालिकामा २, बारबर्दिया नगरपालिकामा २, गेरुवा गाउँपालिकामा २, खजुरा गाउँपालिकामा २ र बढैयातालमा गरि १२ विद्यालयमा अभिमुखिकरण सम्पन्न गरिएको परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार, अभिमुखिकरणमा १२ विद्यालयका करिब ३०० जना अभिभावकको सहभागिता रहको थियो । अभिमुखिकरण कार्यक्रममा सहभागिहरुमा कोरानो भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबै सहभागिको भौतिक दूरी कायम गर्ने, मास्क तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको थियो ।
एक घरः एक पढाई कुना भन्ने नाराका साथ घरको ज्ञान र सिप वृद्धि गर्न शैक्षिक सामग्री र यसको ब्यबस्थापनका लागि विद्यालयस्तरमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । तालिममा घरमा पढाई कुना हुनुपर्ने, घरमा पढ्नलाई शान्त स्थान र समय छुट्याइनुपर्ने, बालबालिकाको स्थायी पढाई बानी विकास गर्न घरको पढाई कुना वा कोठामा बसेर पढ्ने व्यवस्था मिलाउनु पर्ने बारे छलफल गरिएको थियो ।

अभिभावकले घरमा आप्mना बालबालिकाको लागि समय दिने,आफुले जानेका दन्त्य÷कथाहरु बालबालिकालाई सुनाउने,बालबालिकाले पढेनपढेको बारे हेरबिचार गर्नुका साथै उनिहरुको पढाईको प्रसंशा गर्दा हौसला बढ्ने अध्ययनले देखाएको छ । तालिमा सहभागीहरुका लागी ७ वटा बिषय बस्तुमा छलफल गरि एक घरः एक पढाई कुना निर्माण गर्नका लागि समेत कार्ययोजना निर्माण गरिएको छ ।