बाँकेमा आज २९ जना कोरोना जितेर घर फर्किदै

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 27 सेकेन्ड

नेपालगन्ज । बाँकेबाट आज भेरी अस्पतालका दुई जना ल्याब टेक्निसियनसहित २९ जना संक्रमित कोरोना जितेर घर फर्किदै हुनुहुन्छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार बाँकेबाट भेरी अस्पतालका ल्याब टेक्निसियनहरु प्रचण्ड गौतम र दीपक ढकालसहित १० महिला र १९ पुरुष गरी २९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ८ सहित ३ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x