कोरोना जितेर घर फर्किदै खजुरा गाउँपालिका अध्यक्ष कक्षपति

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 39 सेकेन्ड

नेपालगन्ज । बाँकेबाट आइतबार खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसहित २३ जनाले कोरोना जितेर घर फर्किदै हुनुहुन्छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति

जनताको काम गर्नेक्रममै गाउँपालिका अध्यक्ष कक्षपति गत भदौ २८ गते कोरोना भाईरस महामारीबाट संक्रमित हुन पुग्नु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आज बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित ११ महिला र १२ पुरुष गरी २३ जना संक्रमित कोरोना जितेर घर फर्किन लागेको बताउनुभयो । उहाँहरुलाई भदौ २८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

श्रेष्ठका अनुसार, बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ५ रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x