बाँकेमा कोरोनाबाट विहानै थप एकको मृत्यु

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 44 सेकेन्ड

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एकजना पुरुषको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, स्वास प्रस्वासमा समस्या भएपछि असोज ६ गते राती ११ बजे अस्पताल भर्ना गराईएको थियो । यसअघिनै कोरोनाको लक्षण आशङ्कामा ६ गते बिहान ७ बजे स्वाब लिएर परीक्षण गर्दा अपरान्ह ४ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएकोले रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x