बाँकेमा ३२ नयाँ संक्रमित थपिए, २४ घण्टामा १७ जनाको मृत्यु

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 39 सेकेन्ड

नेपालगञ्ज – बाँकेका तीन वटा अस्पतालबाट बिहीबार ३२ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालले १२ जना, मेडिकल कलेज, कोहलपुरले १८ जना र बागेश्वरी ल्याबबाट दुई जनामा कोरोना पुष्टि भएको छ ।

भेरीले एक सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको पोजिटिभ रिपोर्ट आएको जानकारी दिएको छ । भेरीमा पुष्टि भएका १२ जनामा दुई जना कोहलपुर र अरु नेपालगञ्जका छन् । मेडिकल कलेजले १८ र बागेश्वरी ल्यावबाट दुई जना बाँकेकै थपिएका छन् ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५ महिला र १२ जना पुरुष सहित १७ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०।६५ प्रतिशत हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x