नरैनापुर गाउँपालिकामा महेन्द्रजंग शाही

0 0
पढ्दा लाग्ने समय:2 मिनेट, 31 सेकेन्ड

नरैनापुर(बाँके), असोज ५ । नरैनापुर गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कार्यभार सम्हाल्नुभएको छ ।

आइतबारदेखि कार्यभार सम्हाल्नुभएका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई गाउँपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रशासन तथा योजना शाखा प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले स्वागत मन्तब्य व्यक्त गर्दै आफूहरु नयाँ अभिभावकसंग काम गर्न उत्साहित भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले नरैनापुर पहिले जस्तो विकट नभएको भन्दै नरैनापुरलाई अब उत्पादन र रोजगारीसंग जोड्न जरुरी रहेको बताउनुभयो । शाहीले सबै मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिने उल्लेख गर्नुभयो । गाउँपालिकाका अध्यक्ष शाहले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा कर्मचारीबीच एकता हुँदा मात्र जनअपेक्षा अनुसार काम गर्न सकिने बताउनुभयो ।

जनतालाई छिटो छरितो सेवा प्रवाह गर्दै विकास पथमा गाउँपालिकालाई लम्काउन सवै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । जिन्सी शाखा प्रमुख भरत महतोले सहजीकरण गर्नुभएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, ६ का अध्यक्ष विरेन्द्रपाल सिंह लगायत सबै शाखा प्रमुख, कर्मचारीको उपस्थिति थियो ।

शाही यसअघि बैजनाथ गाउँपालिकामा हुनुहुन्थ्यो । यसैबीच अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत शाही, जिन्सी शाखा प्रमुख महतोले आइतबार नै ६ वटै वडा कार्यालयको अनुगमन गर्नुभएको छ ।  

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x