
नेपालगन्ज–बाँकेमा कोरोना भाइरस महामारीका कारण छ महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएका छन् ।
गत चैत महीनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका हुन् ।
‘आजदेखि बस सञ्चालन शुरु भएको छ । आज क्यू फ्रि छ मान्छे आए आजै ८÷१० वटा गाडी सञ्चालन हुन्छन’्,उहाँले भन्नुभयो, बसपार्कमा टिकट काउन्टर सबै खुलिसकेको छ, आजैदेखि गाडी नियमित सञ्चालन हुन्छन् ।’
नेपालगञ्ज बसपार्कमा आज विहानैदेखि यातायात व्यवसायी, कर्मचारी, मजदुर र यात्रुहरुको चहलपहल बढेको छ । लामो दुरी तथा अन्तरजिल्लाको लागि आजैदेखि बस सञ्चालनमा आएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव एवम् भेरी बस व्यवसायी प्रा.लि.का अध्यक्ष डेकनाथ गौतमले जानकारी दिनुभयो ।

‘आजदेखि बस सञ्चालन शुरु भएको छ । आज क्यू फ्रि छ मान्छे आए आजै ८÷१० वटा गाडी सञ्चालन हुन्छन’्,उहाँले भन्नुभयो, बसपार्कमा टिकट काउन्टर सबै खुलिसकेको छ, आजैदेखि गाडी नियमित सञ्चालन हुन्छन् ।’
सरकारले कोरोना भाइरसको महामारीको समयमा गाडी सञ्चालन गर्दा बनाएको मापदण्डका आधारमा गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्ने, ५० प्रतिशतसम्म भाडा बढाउने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर बस सञ्चालन भएको उहाँले बताउनुभयो ।