प्लान नेपालद्वारा साझेदार संस्थासँग समन्वयात्मक बैठक

प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जले साझेदार संस्थाहरुको साझेदारीमा संचालित कार्यक्रमका बारेमा समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

बर्दियामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बी गु्रपको संयुक्त समन्वयमा बढैयाताल गाउपालिका र राजापुर नगरपालिकामा परियोजना बारे जानकारी तथा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा परियोजनाको लक्ष्य उदेश्य र उदेश्यअनुसार लक्ष्य पुरा गर्नका लागि तय गरिएको कृयाकलाप तथा बजेटका बिषयमा छलफल गरिएको थियो ।

परियोजनाका बिषयमा स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले सिकाइ परियोजना, प्रायोजित संचार ब्यबस्थापन परियोजना, बि गु्रपका कार्यक्रम अधिकृत सुर्य नेपालीे र युनोस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकबाट परियोजनाको लक्ष्य उदेश्य यसको यसको प्रभावका बारेमा पालिका तहमा कार्यक्रम संचालनका लागि गरिएको बजेट समेत जानकारी गराएका थिए ।

सो बैठकमा प्रस्तुती भएका परियोजनाका कृयाकलपहरु माथी सहमागीहरुबाट कार्यक्रमका दौरानमा, यसको प्रभावकारीता, अनुगमनको मुल्याङ्गनको ब्यबस्था बारे उठेका सवालमा परियोजनाका मुख्य ब्यक्तिहरुले प्रस्ट पारिएको थियो ।

कार्यक्रममा बढैयाताल गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले पालिका भित्र सामाजिक विकासको उदेश्यका साथ बिकासको साझेदारी गर्न आएका बिभिन्न संघसस्थालाई स्वागत गदै यसको दिर्गकालिन लक्ष्य पुरा गर्न संयुक्त पहल गर्ने प्रतिबद्घता जनाए ।

गाउपालिका उपाध्यक्ष दिपा गौतमले पालिका भित्र काम गर्ने संघसस्थाहरुको बिकासमा महत्वपुर्ण भुमिका खेलेको र पालिका तहले बिनियोजना गरेका बिभिन्न कृयाकलाप र संघसस्थाले गर्ने कृयाकलापमा साझेदारीको रुपमा गर्ने योजना बनाएको बताउदै यस पालीकाले समग्र बिकासको गुरु योजना निर्माणका लागि पहल भएको र पालिका साझेदारिका लागि हातेमालो गर्ने जानकारी ब्यक्त गरिन ।

कार्यक्रममा बढैयाताल गाउपालिका प्रमुख लालबहादुर श्रेष्ठ, शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ढकाल, महिला शाखा प्रमुख दुर्गा देबी हमाल, सामाजिक बिकास समिति कमल खड्का, नागरीक समाज संजाल बालकृष्ण लामीछाने बाल अधिकार समिति प्रतिनिधि नेत्र उपाध्याय, वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

सञ्चालन भए सार्वजनिक यातायात

२०७७ भाद्र ३१, बुधबार २१:४२
Share on Facebook Tweet it Share on Google Pin it Share it Email नेपालगन्ज–बाँकेमा कोरोना भाइरस महामारीका कारण छ महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएका छन् ।गत चैत महीनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x