बेलभार स्वास्थ्यचौकीको स्तरोन्नती

नेपालगन्ज–बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित बेलभार स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ ।

स्वास्थ्य चौकीमा गर्भवती सेवा तथा कर्मचारी आवासका लागि सुविधा सम्पन्न कोठा, सुरक्षित प्रसूति कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नरलगायतका सुविधा उपलब्ध छन् । जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले की कियोकाई पोका फन्ड, जापानको सहयोगमा आडूा र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) को सहयोगमा स्वास्थ्यचौकीको स्तर वृद्धि गरिएको हो ।

बेलभार स्वास्थ्य चौकी स्तरोन्नति परियोजना अन्तर्गत दातृ निकायले प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन मर्मत, नवीकरण र उपकरण खरिदमा सहयोग गरेका छन् । स्वास्थ्य चौकीमा नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणहरुको पनि व्यवस्था भएको परियोजना संयोजक तर्कबहादुर थापाले जानकारी दिनुभयो । निर्माण गरिएको बेलभार स्वास्थ्य चौकी भवन जानकी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले स्वास्थ्य चौकीको स्तरोन्नतीको लागि आवश्यक भौतिक पूर्वाधार तथा स्वास्थ्य सामग्री उपलब्ध भएपश्चात अव बेलभारवासीले गाउँमै सहज र सरल तरिकाले स्वास्थ्य सेवा पाउने अवस्था भएको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार तथा स्वास्थ्य उपकरणको सहि उपयोग गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गर्दै आवश्यक सहयोगको लागि गाउँपालिका सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

जापान सरकारको सहयोगमा आडूा इन्रुडेकको सहकार्यमा बाँकेमा नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना कार्यान्वयनको चरणमा रहेको छ । परियोजनाले बाँकेको भेरी अस्पताललगायत ४८ सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि अत्यावश्यक उपकरण उपलब्ध गराउने तथा ६ वटा स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने योजनासहित काम गरिरहेको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले जानकारी दिनुभयो ।

Advertisement

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

प्लान नेपालद्वारा साझेदार संस्थासँग समन्वयात्मक बैठक

२०७७ भाद्र ३१, बुधबार २०:५४
Share on Facebook Tweet it Share on Google Pin it Share it Email प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जले साझेदार संस्थाहरुको साझेदारीमा संचालित कार्यक्रमका बारेमा समन्वयात्मक बैठक सम्पन्न गरेको छ । बर्दियामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बी गु्रपको संयुक्त समन्वयमा बढैयाताल गाउपालिका र राजापुर […]

You May Like

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x