जेसिजको रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाले गरे रक्तदान

नेपालगन्ज- नेपालगन्ज जेसीजको जेसीज सप्ताह २०२० कार्यक्रम अन्तर्गत दोस्रो दिन सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपालगन्ज जेसिजका कोषाध्यक्ष एवम् रक्तदान कार्यक्रमका संयोजक आदित्य गुप्ताले स्वागत मन्तव्य दिनुभएको थियो । पुर्ब अध्यक्ष आनन्द बहादुर कर्मचार्यले जेसिज सप्ताह कार्यक्रमको सुभकामना दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले नेपालगन्ज जेसिजले गरेका कार्यक्रमको प्रशंसा गर्दै अहिलेको अवस्थामा रगतको अभावमा यस्तो किसिमको कार्यक्रम जेसिज सप्ताहमा समाबेश गरेकोमा धन्यवाद दिएका थिए । जेसिजका अध्यक्ष श्रेष्ठले बर्ष २०२० मा मात्र अहिलेसम्म ४ पटक रक्तदान कार्यक्रम राखिसकेको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा सभापति माया देबि गुरुङ, भेरी अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष प्रमोद धिताल, जुनियर जेसिजकी अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्ष आनंद बहादुर कर्माचार्य, मो.फरिदुल हक, सुनिल कुमार गुप्ता, विशाल बिक्रम बर्मा, मुल संयोजक प्रकाश कुंवर, संयोजक आदित्य गुप्ता, सहयोगी जुनियर जेसिज उपाध्यक्ष सरिता बि क., सामाजिक अभियन्ता मनिसा पन्थी, सरोबर प्रसाई लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम नेपालगन्ज जेसिजका महासचिव माधव प्रसाद बेल्बासेले सञ्चालन गर्नुभएको थियो ।
जेसिज सप्ताह अन्तर्गत मंगलबार तेस्रो दिनको वाटरपार्कमा सरसफाइ गर्ने कार्यक्रम रहेको जानकारी जेसिज सप्ताह मुलसमिति संयोजक प्रकाश कुंवरले बताउनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

बाँकेमा मालपोतका ८ कर्मचारीसहित ४० संक्रमित थपिए

२०७७ भाद्र २२, सोमबार २२:०६
Share on Facebook Tweet it Share on Google Pin it Share it Email बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x