लियो ३२५ वि २ को रिजन १७ बैठक सम्पन्न

लियो जिल्ला परिषद ३२५ बी २ नेपालको रिजन १७ द्वारा जूम एपमा भर्चुअल रिजन बैठक आयोजना गरियो। रिजन १७ कि रिजन संयोजक लियो गान्धवी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन १७ का क्रियसिल ५ वटै क्लबको सक्रिय उपस्थिति रहेको थियो । बैठकमा लियो जिल्ला परिषद् ३२५ वि २का पूर्व जिल्ला परिष्द अध्यक्ष लायन विष्णु श्रेष्ठ, लायन जोन संयोजक सरोवर प्रसाई, लियो जिल्ला परिषद् ३२५ वि २का कार्यकारी सचिव विवेक श्रेष्ठ, एरिया ५ एरिया चिफ तारा आचार्य, डिस्ट्रक्ट डाइरेक्टर सुजित वैश्य लगायत विभिन्न क्लबबाट लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा क्लबहरुका आगामी योजना, जिल्ला परिषद र लायन्स अन्तराष्ट्रियमा गर्नुपर्ने रिपोर्ट, सदस्यता शुल्क, क्लब ट्युनिङ कार्यक्रम आदि विषयमा छलफल गरिएको थियो । बैठकबाटै लियो क्लब अफ नेपालगन्ज इन्नोभेटिभका सचिव बसन्त बस्नेतलाई पुर्व जिल्ला परिषद् अध्यक्ष विष्णु श्रेष्ठ र रिजन १७ संयोजक गान्धवी चौधरीले रिजन १७ सचिव संयोजकको जिम्मेवारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पुर्व जिल्ला परिष्द अध्यक्ष विष्णु श्रेष्ठले कोभिड १९ को यस परिस्थितिलाइ अवसरका रुपमा लिइ एरिया, डिस्ट्रिक र अन्तराष्ट्रिय क्लब ट्वनिङ कार्यक्रमका लागि रिजन १७का सबै क्लबहरुलाई तयार रहन आग्रह गर्नुभयो । वहाँले क्लब सचिवहरुलाई समयमै कार्यक्रम रिपोर्ट जिल्ला परिषद र अन्तराष्ट्रियमा पठाउन निर्देशन दिनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

जेसिजको रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाले गरे रक्तदान

२०७७ भाद्र २०, शनिबार २०:०५
Share on Facebook Tweet it Share on Google Pin it Share it Email नेपालगन्ज- नेपालगन्ज जेसीजको जेसीज सप्ताह २०२० कार्यक्रम अन्तर्गत दोस्रो दिन सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपालगन्ज जेसिजका कोषाध्यक्ष […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x