fbpx

जनमनमा गुञ्जिदै “बर्दिया राम्रो बढैया तालैले”

नेपालगन्ज । बाँकेकी नवगायिका पारु केसीको बर्दिया राम्रो बढैया तालैले लोकदोहोरी गीत जनमनमा गुञ्जिन थालेको छ ।

विद्यालयस्तरदेखिनै विभिन्न साङ्गितिक प्रतियोगितामा भाग लिएर प्रतिष्पर्धीलाई सहजै पराजित गर्न सक्ने क्षमता प्रदर्शन गर्ने पारु आफ्नो पहिलो गीत “बर्दिया राम्रो बढैया तालैले” मार्फत स्रोता दर्शकको मन जित्न सफल हुनुभएको छ ।

नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्र र बाँके बर्दियाका विभिन्न एफएम रेडियोमार्फत उहाँले प्रत्यक्ष लोकदोहोरी गीत प्रस्तुत गरेर यसक्षेत्रका दर्शक स्रोता सामु आफ्नो कला र क्षमता प्रदर्शन गर्दै आउनुभएको छ ।

गायिका केसी

बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ९ माछागढमा जन्मिनुभएकी गायिका केसी अहिले बाँकेको कोहलपुरमा आएर साङ्गितीक क्षेत्रमा सङ्घर्ष गरिरहनुभएको छ । उहाँको पहिलो लोकदोहोरी एल्वम “बर्दिया राम्रो बढैया तालैले, माया राम्रो डिम्पल गालैले” बोलको गीतमा बर्दियाको प्राकृतिक सुन्दरता र पर्यटनको बयान गरिएकोले लोकप्रिय बन्न पुगेको छ ।

“अहिले कोरोना महामारीको कारण सबै कार्यक्रमहरु स्थगित भएका छन्, त्यसैले यतिबेला दशैं तिहारसम्वन्धि गीत निकाल्ने तयारी गरिरहेकी छु”,उहाँले भन्नुभयो,“मोफसलमा बसेर साङिगतिक क्षेत्रमा लाग्नु धेरै चुनौतिपूर्ण कुरा हो तैपनि दर्शक स्रोताको मायाले सदैव हौसला दिनेगरेको छ ।”

कोरोना महामारीका कारण औपचारिक कार्यक्रम तथा मेला महोत्सव नभएका कारण यतिबेला एफएम रेडियो र टेलिभिजनमार्फत लोकदोहोरी र कोरोना विरुद्धको सचेतनामूलक गीत सङ्गित प्रस्तुत गर्दै आएको उहाँले बताउनुभयो ।

“कोरोना महामारी फैलिएको अहिलेको विषम परिस्थितिमा पनि एफएम रेडियो र टिभिमार्फत लाइभ लोकदोहोरी गाएर दर्शक स्रोता सामु उपस्थित हुने प्रयत्न गरिरहेकी छु”, उहाँले भन्नुभयो,“अहिलेको तीज यस्तै गरेर बित्यो, हेरौँ दशैँ तिहारमा के हुने हो ?”

साङ्गितिका क्षेत्रमा लाग्ने सानैदेखिको इच्छाले अहिले विस्तारै सफलता पाउँदै गएको उहाँको अनुभूति रहेको छ । “सानैदेखि गीत सङ्गितमा लागेर एउटा सफल कलाकार बन्ने मेरो सोंच हो, यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ”,नवगायिका केसीले भन्नुभयो,“अन्य दुई तीनवटा गीत लेखिसकेकी छु, कोरोना महामारी कम भएपछि म्यूजिक भिडियो निकाल्ने तयारीका साथ काम गरिरहेकी छु ।”

मोफसलमा बस्दा साङ्गितिक क्षेत्रमा अवसर कम हुने भएकोले कलाकारले धेरै सङ्घर्ष गर्नुपर्ने उहाँको अनुभवले देखाएको छ ।

‘दर्शक तथा श्रोताको मन जित्न सके मोफसलमा बसेर पनि साङ्गितिक क्षेत्रमा जम्न सकिने आत्म बल बढेको छ । साङ्गितिक बजारका लागि मोफसललाई बिर्सनु हुँदैन”, उहाँले भन्नुभयो,“ म मोफसलमै बसेर यहाँका डाँडा पाखा, नदी नाला र जनताका दिनचर्याका गीत गाउँदै छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लियो ३२५ वि २ को रिजन १७ बैठक सम्पन्न

२०७७ भाद्र १९, शुक्रबार ०७:२७
लियो जिल्ला परिषद ३२५ बी २ नेपालको रिजन १७ द्वारा जूम एपमा भर्चुअल रिजन बैठक आयोजना गरियो। रिजन १७ कि रिजन संयोजक लियो गान्धवी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन १७ का क्रियसिल ५ वटै क्लबको सक्रिय उपस्थिति रहेको थियो । बैठकमा लियो जिल्ला परिषद् ३२५ वि २का पूर्व जिल्ला परिष्द […]

Calendar

July 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
Translate »