fbpx
31.5 C
Nepalgunj

जनचाहना अनुसार वडाको विकास भएको छः वडाध्यक्ष जुमन खाँ

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जुमन खाँले जनचाहना अनुसार वडाको विकास निर्माण कार्यलाई तिब्रता दिएको बताउनु भएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै वडाका १४ वटा विकास निर्माणका योजना सम्पन्न भएको वडाध्यक्ष जुमन खाँले जानकारी दिनुभयो । सिमित बजेट र कोरोना महामारीको कहरका बीचमा पनि सडक र नाली निर्माणका १४ योजनाको कार्य सम्पन्न गरिएको छ ।

वडाध्यक्ष जुमन खाँ

“म जनप्रतिनिधि भएर आएको तीन वर्षमा वडाको ९० प्रतिशत विकास निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ”, वडाध्यक्ष खाँले हाम्रो समाचारसँग भन्नुभयो,“बाँकी दुई वर्षे कार्यकालमा निर्वाचनको बेला गरेका सबै प्रतिवद्धता पूरा गरेर छाड्ने छु ।”

राजनीतिक प्रतिशोधका आधारमा कहिँ कतै आफुमाथि आरोप लगाईए पनि जनताको विकासको सवालमा कुनै कसुर बाँकी नराख्ने उल्लेख गर्दै उहाँले आफ्नै कार्यकालमा वडा नं. ७ लाई नमूना वडा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपालगञ्जको बीच भागमा रहेको वडा नं. ७ ले गत आथिक वर्षमा महेन्द्र स्कूलदेखि पूर्व ख्याली पेन्टरको घरसम्म पिसिसि सडक र ढक्कन सहित दुवैतर्फ नाला निर्माण, मुवारकको घरदेखि पश्चिम श्याम श्रेष्ठको घर पछाडिसम्म पिसिसि सडक र एकतर्फी नाला निर्माण, सरिफ बेहनाको घरदेखि उत्तर सहाबुद्दिन बेहनाको घरसम्म ढक्कनसहित नाला निर्माण, बब्लु खाँको घरदेखि दक्षिण हनुमान डंगोलको घरसम्म पिसिसि र एकतर्फी नाला निर्माण गरिएको छ ।

वडाध्यक्ष खाँका अनुसार, गत आर्थिक वर्षमै कैफुलबराको घरदेखि पश्चिम नफिल मास्टरको घरसम्म पिसिसि र ढक्कनसहित एकतर्फी नाला निर्माण, सब्बिर हल्वाईको घरदेखि पश्चिम कलिम हल्वाईको घरसम्म पिसिसि सडक र ढक्कनसहितको एकतर्फी नाला निर्माण, ओमप्रकाशको घरदेखि पश्चिम मञ्जु नेपालीको घरसम्म ढक्कन सहित नाला निर्माण, सुरेश भट्टको घरदेखि पश्चिम शिव मन्दिरसम्म पिसिसि सडक निर्माण, जडिबुटि संघको लक्ष्मण क्लवदेखि पश्चिम आशा बाल्मिकीको घर अगाडि मुबारक बिरयानी सम्म पिसिसि सडक र ढक्कन सहित एकतर्फी नाला निर्माण गरिएको छ ।

यसैगरी याकुब हल्वाई सवानको घरदेखि दक्षिणल प्रशान्त श्रेष्ठको घरपछाडिसम्म ढक्कन सहित नाला निर्माण, कैयुम हल्वाईको घरदेखि दक्षिण अशोक केसीको घरसम्म पिसिसि सडक र शरदचन्द्र श्रेष्ठको घरदेखि ज्ञानराज शर्माको घरसम्म पिसिसि सडक निर्माण, उषा श्रेष्ठको घरदेखि उत्तर किशोरमान पतिको घरसम्म ढक्कन सहित नाला निर्माण, वडा कार्यालय र सडक विभागको समन्वयमा याकुव अन्सारीको घर सामुन्नेदेखि अकवर हल्वाईको घरदेखि पश्चिम अकवर अन्सारीको घरसम्म पिसिसि सडक निर्माण र नाला मर्मत कार्य र कलिम दर्जी र फरजन कसगरको घरपछाडि देखि पश्चिम आशा बाल्मिकीको घरसम्म ढक्कन सहित नाला निर्माण गरिएको छ ।

वडाध्यक्ष जुमन खाँले बाँकी रहेका केही विकास निर्माणका काम चालु आर्थिक वर्ष २०७७÷०७८ म ागर्ने योजना रहेको बताउनुभयो । यहि आर्थिक वर्षमा पिपल चौतारादेखि पश्चिम जाने फिरोज हल्वाईको घरसम्म ६ मिटर चौडाई मापदण्ड भएको दुबै तर्फ ढक्कन सहित नाला भएको पिसिसि सडक निर्माण गर्ने, युसुफ खाँको घरदेखि पश्चिम लक्ष्मी श्रेष्ठको घरसम्म पिसिसि सडक र ढक्कन सहित एकतर्फी नाला निर्माण गर्ने योजना रहेको छ ।

यसैगरी जिलानी हाताभित्रको लतिफ कबडियाको घरदेखि एमपी स्कूल जाने मुख्य बाटोसम्म ग्राभेल बाटो र नाला निर्माण गर्ने, अग्नी दान र दुर्गा पूजा राख्ने ठाउँमा टिनको छाना राख्ने योजना र वडा कार्यालय र स्वास्थ्य चौकी बनाउने योजना समेत रहेको वडाध्यक्ष खाँले बताउनुभयो ।

स्थानीय अगुवा नागरिक नफील अहमदले वडा नं. ७ मा समग्र हिसावमा भन्नुपर्दा बजेट अनुसारको विकास राम्रो भएको बताउनुभयो । “जनसंख्या र क्षेत्रफलका हिसावमा अरु वडामा भन्दा यहाँ बजेटै कम आउने गरेको छ, जति बजेट आयो त्यसको आधारमा विकास निर्माण र वडावासीले पाउनुपर्ने सेवा सुविधा पाएका छन्”, उहाँले भन्नुभयो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »