बोक्सीको आरोपमा कुटपिट गरेको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध उजुरी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलकी ५७ बर्षिया आमना खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट भएको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिनु भएको छ।

आफुलाई देख्नासाथ बोक्सी भन्दै गालीगलौज गर्ने र कुटपिट गर्ने घरबारी टोलकै जमुना खातुन र मजुना खातुन विरुद्ध प्रहरीमा जाहेरी दिएको उहाँले बताउनुभयो । बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने र गालीगलौज गर्नेलाई कारवाहीको माग गरि प्रहरीमा उजुरी दिनुभएको हो । उहाँले मुलुकी अपराध संहिता बमोजिम कारबाहीको माग गरेको जानकारी दिनुभयो ।

लकडाउन शुरु भएपछि नेपालगन्जमा घर भाडा लिएर बस्दै आएकी आमनालाई देख्नासाथ बोक्सी आएको भन्दै गालीगलौज गर्दै आएको पीडित महिलाका पति बकरद्दिन मियाँले बताउनुभयो । उहाँले छिमेकीले अनाहकमा दुःख दिएर हैरान पारेको बताउनुभयो ।

बोक्सीको आरोपमा गालीगलौज र कुटपिट गरेको भन्दै आमनाले जमुना र मजुना विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । पीडित महिलाले दिएको जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

बोक्सी भन्दै कुटपिट र गालीगलौज गर्ने विरुद्ध आमनाले मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को २ बमोजिम पाँच बर्षकैद र ५० हजार जरिवनाको माग गरेकी छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

जनचाहना अनुसार वडाको विकास भएको छः वडाध्यक्ष जुमन खाँ

२०७७ भाद्र १७, बुधबार ११:४६
Share on Facebook Tweet it Share on Google Pin it Share it Email नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जुमन खाँले जनचाहना अनुसार वडाको विकास निर्माण कार्यलाई तिब्रता दिएको बताउनु भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै वडाका १४ वटा विकास निर्माणका योजना सम्पन्न भएको वडाध्यक्ष जुमन […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x