लियो नेपालगन्ज खजुराको बक्तृत्वकला प्रतियोगितामा काठमाँडौँकी सृजना प्रथम

प्रतियोगितामा प्रथमहुनेलाई रु ४०००, द्वितीयलाई रु २०००, तृतीयलाई रु १०००, सान्त्वनालाई रु १००० र दर्शकको छनोटलाई रु १००० गरि ६ जनालाइ नगद धनराशी सहित प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिने आयोजक लियोक्लब अफ नेपालगन्ज खजुराले जनाएको छ।

नेपालगन्ज- लियो क्लब अफ नेपालगन्ज खजुराको आयोजना र खजुरा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको “साँस्कृतिक चाड तीजको बिकृति, त्यसैमा कोरोनाको चुनौती” शीर्षकको राष्ट्रिय स्तरको अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कुल २५ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा मुलुकभरबाट सहभागिता रहेको थियो।


प्रतियोगितामा काठमाँडौँकी सृजना राना प्रथम, बाँके खजुराकी सुदिश्ना घिमिरे द्वितीय, चितवनका आशिष सापकोटा तृतिय, धनगढीकी कृपा अधिकारी र चितवनकी दीक्षा कँडेल सान्त्वना, साथै बाँके खजुराकी सृष्टि शर्मा दर्शक छनौटमा पर्न सफल हुनुभएको छ।

प्रतियोगितामा प्रथमहुनेलाई रु ४०००,  द्वितीयलाई रु २०००,  तृतीयलाई रु १०००, सान्त्वनालाई रु १००० र दर्शकको छनोटलाई रु १००० गरि ६ जनालाइ  नगद धनराशी सहित प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिने आयोजक लियोक्लब अफ नेपालगन्ज खजुराले जनाएको छ।  सहभागीसबै प्रतिष्पर्धीलाई साहित्यकार खगेन्द्र गिरि कोपिलाले आफुद्वारा लिखित पुस्तक पनि प्रदान गर्नुहुनेछ । 

लियो क्लब अफ नेपालगन्ज खजुराकी अध्यक्ष लियो अरुणा गुरुङको अध्यक्षतामा भएको प्रतियोगितामा साहित्य विज्ञ तथा लेक्चरर लेक प्रसाद प्याकुरेल, लियो जिल्ला परिषद् ३२५ बि २ का अध्यक्ष लियो कुबेर पाठक र लियो क्लब अफ नेपालगन्ज खजुराका संस्थापक अध्यक्ष लियो शिशिर सापकोटाले निर्णायक मन्डलको भुमिका निर्वाह गर्नुभएको थियो।


प्रतियोगिताको कार्यक्रम संयोजक सचिब लियो चेतना छेत्री र प्राबिधिक संयोजन कोषाध्यक्ष लियो दिग्बिजय सिङ्गले गर्नुभएको थियो।
आगामि दिनहरुमा पनि लियो क्लब अफ नेपालगन्ज खजुराले यस्तै प्रभाबकारी कार्यक्रमहरु आयोजना गरिने कुरा लियो खजुराकी अध्यक्ष अरुणा गुरुङले जानकारी दिनुभयो।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

बोक्सीको आरोपमा कुटपिट गरेको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध उजुरी

२०७७ भाद्र १५, सोमबार २३:२७
Share on Facebook Tweet it Share on Google Pin it Share it Email नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलकी ५७ बर्षिया आमना खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट भएको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिनु भएको छ। आफुलाई देख्नासाथ बोक्सी भन्दै गालीगलौज गर्ने र […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x