गणपति डेन्टलद्वारा स्वास्थ्य सामाग्री वितरण

-हाम्रो समाचार-

नेपालगन्ज। नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिकले कोरोना संक्रमण रोकथामका लागि आज स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

वीपीचोक नजिक सुर्खेतरोडमा रहेको क्लिनिक अगाडि सडकमा आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्क, चाउचाउ तथा खानेपानी वितरण गरिएको क्लिनिकका संचालक डा. प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोरोना भाइरस महामारीकाबीचमा अग्रपंक्तिमा खटिएर जनताको सेवा गरिरहेका सुरक्षाकर्मीलाई राहात पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

यसअघि पनि क्लिनिकले जमुनाह नाकादेखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोज डी, विष्कुट र पानी वितरण गरेको थियो ।

क्लिनिकका संचालक डा. प्रतिक श्रेष्ठ
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

लियो नेपालगन्ज खजुराको बक्तृत्वकला प्रतियोगितामा काठमाँडौँकी सृजना प्रथम

२०७७ भाद्र १३, शनिबार २०:३९
Share on Facebook Tweet it Share on Google Pin it Share it Email प्रतियोगितामा प्रथमहुनेलाई रु ४०००, द्वितीयलाई रु २०००, तृतीयलाई रु १०००, सान्त्वनालाई रु १००० र दर्शकको छनोटलाई रु १००० गरि ६ जनालाइ नगद धनराशी सहित प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिने आयोजक लियोक्लब अफ नेपालगन्ज खजुराले जनाएको छ। […]

You May Like

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x