बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवाको मृत्यु

-हाम्रो समाचार-
नेपालगञ्ज, १० भदौःबाँकेमा कोरोनाबाट गएराती एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ३७ वर्षीय पुरुषको गएराती १ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, स्वास प्रस्वासमा समस्या भएपछि भदौ ८ गते विहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराईएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गएराती १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका ५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका ६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका २ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधन प्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको जानकारी दिनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२०७७ भाद्र १०, बुधबार ०७:१२
Share on Facebook Tweet it Share on Google Pin it Share it Email -हाम्रो समाचार-नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या ६ पुगेको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x